१ जेष्ठ २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछी आक्रोशित समूहले गरे प्रदर्शन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

प्रहरी भ्यानको ठक्करबाट व्यवसायीको मृत्यु भएपछी आक्रोशित समूहले गरे प्रदर्शन

सर्लाही, १२ पुस । ईश्वरपुर नगरपालिकामा प्रहरी गस्तीमा हिँडेको प्रहरी भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछी आक्रोशित एक समूहले प्रहरीको भ्यानमै आगो लगाईदिएको छ ।

आईतवार राती ईश्वरपुर स्थित रहेको ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा २५ वर्षिय रामकुमार महतोको मृत्यु भएको थियो । त्यसै विषयलाई लिएर सोमबार ईश्वरपुरको बैलवास बजारको अवस्था तनावपूर्ण बनेको थियो ।

मृतक युवक व्यापारी हुन् र उनले बैलवास बजारमा फैन्सी पसल संचालन गर्दै आएको थियो । उद्योग वाणिज्य संघ ईश्वरपुरको अगुवाईमा घटनाको छानबिन, दोषि उपर कार्वाही, तथा उचित क्षतीपुर्तिको माग राख्दै सोमबार बिहादनदेखि बजार बन्द गराई व्यापारी तथा पिडित पक्ष आन्दोलनमा उत्रेको थियो ।

आक्रोशित एक समूहले सोमबार ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा पाकिंङ्ग गरेर राखिएको बा. १ झ ७४८२ नम्बरको ईलाका प्रहरी कार्यालय हरिपुरको भ्यान(जीप)मा आगो लगाईदिएको छ ।

ईश्वरपुर नगरपालिका–७ स्थिते आईतबार राती ९ बजेतिर प्रहरी भ्यानले ठक्कर दिँदा महतोको मृत्यु भएको थियो । ठक्करबाट गम्भीर घाईते उनको उपचार गर्दागर्दै राती नै मलङगवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । महतोले चलाएको ना. ४३ प ५०१८ नम्बरको मोटरसाईकल ट्रकलाई ओभरटेक गर्ने क्रममा प्रहरीको भ्यानमा आफै ठोक्किएको जिल्ला प्रहरी कार्यालयको दाबी छ । तर प्रदर्शनकारीहरुले भने राती नै भएको घटना प्रहरीले लुकाएको आरोप लगाएका छन् ।

ठक्करबाट गम्भीर घाईते भएका महतोलाई प्रहरीले भ्यान बैक गरी मारेको पिडित पक्षको आरोप रहेको छ । घटना प्रकृती हेर्दा रगतको छिट्टा टाढा सम्म पुगेको, रगत बालुवाले छोपेको र बालुवाले छोपेको रगतमा प्रहरी बुटको निशान रहेकोको हुदाँ प्रहरीले नै षडयन्त्र पूर्ण हत्या गरेको पिडित परिवारको आरोप रहेको छ ।

उधोग बाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साहका अनुसार बास्तविक घटना साझ साडे ७ बजे तिर भएको तर प्रहरीले ९ बजे घटना घटेको र प्रहरी भ्यानको ठक्कर बाट नै युवा व्यवसायीको मृत्यु भएको प्रहरीले स्विकार गरेको छ, केशरमार्गमा गोदावरी होस्पिटल लगायत अन्य होस्पिटल थियो तर अस्पताल भर्ना नगरी सोझै मलंगवा लगेको हुदाँ घटना शंकास्पद नै भएको बताए ।

पिडित परिवार अन्यायमा परेको छ जब सम्म पिडित परिवारले न्याय पाउँदैन तब सम्म आफुहरुको आन्दोलन निरन्तर रहने उधोग बाणिज्य संघ ईश्वरपुरका अध्यक्ष साहले बताए । आन्दोलन उग्र रुप लिए पछि प्रहरीले २० देखि २५ राउण्ड आश्रु ग्यास प्रहार समेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.