१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीको वयलवास तेस्रो पटक निषेधाज्ञा, मृत्क महतोको शव आजै परिवारले बुझने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीको वयलवास तेस्रो पटक निषेधाज्ञा, मृत्क महतोको शव आजै परिवारले बुझने

सर्लाही,१६ पौष । सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा थपिएको छ । आईतवार बेलुका ईश्वरपुर स्थित रहेको ईलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानको ठक्करबाट ईश्वरपुर–५ निवासी प्रमोद महतोको छोरा अन्दाजी ३२ वर्षिय रामकुमार महतोको मृत्यु भएको थियो ।

त्यसै विषयलाई लिएर सोमबार र मंगलवार पनि ईश्वरपुरको बैलवास बजारको अवस्था तनावपूर्ण बनेको थियो । रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएपनि जिल्ला प्रसासन कार्यालय सर्लाहीले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय द्धारा जारी निषेधाज्ञा पत्रमा ११ गते सवारी दर्घटना सम्बन्धी विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी लगायत भएको विरोध प्रदर्शनका कारण सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बिहिवार साझ साढे ७ बजे देखि भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी शुक्रवार बेलुका ७ बजे सम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

निषेधज्ञा ईश्वरपुरको पूर्वमा ईलाका प्रहर कार्यालय केशगंज देखि ईश्वरपुर नगरपालिकाको वडा नं. ४ सागरनाथ टोल सम्म र पश्चिममा वडा नं. ८ रामपुर टोल सम्म,उत्तरमा ई.प्र.का. देखि वडा नं. ५ सखुवनी टोल सम्म र दक्षिणमा वडा नं. ९ खोरिया टोल सम्म जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बताए ।

यसैगरी मृत्क महतोको शव बुझन मृत्क महतोको परिवार जिल्ला अस्पताल मलंगवा पुगेको छ । शरिरको विभिन्न भाग मध्ये तिन ठाउँमा मात्र चोटपटक लागेकोछ, छातीमा चोट लागेको तर लुगाहरु च्यातेको छैन सहमती पछि बिहिवार शव बुझने कुरा थियो, शवको अवस्था हेर्दा षडयन्त्र पूर्ण हत्या भएको लागेको हुदाँ सम्बन्धित सरोकारबालाहरुलाई शवको देखाउनको लागि बिहिवार शव नबुझेको मृत्क दाजु नन्दलाल महतो बताए ।

हामीहरुलाई न्याय चाहियो अरु केही चाहिएन, दोषि उपर कडा कार्वाही होस भकानिएर मृत्कका दाजु नन्दलालले भने । अहिले मृत्कको शव बुझन मृत्कका परिवार जिल्ला अस्पताल मलंगवामा पुगेका छन । शव आजै बुझेर दाह संस्कार गरिने छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.