१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चिसोले सर्लाहीका विपन्न र दलित परिवार बढी प्रभावित – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चिसोले सर्लाहीका विपन्न र दलित परिवार बढी प्रभावित

सर्लाही,१६ पाैषा । सर्लाहीमा आज बाट बाक्लो हुसु तथा सित लहर सुरु भएको छ । मध्य पुसबाट बढेको चिसोले न्यानो कपडा र ओढ्नेओछ्याउने नभएका अतिविपन्न, मुसहर, डोम, चमार लगायतका पिछडिएको दलित परिवार सबैभन्दा बढी प्रभावित भएका छन् ।

ज्याला मजदुरी गरेर खानेसँग शरीर ढाक्ने न्यानो कपडा र राती सुत्दा ओढ्ने ओछ्याउने नरहेको बताउछन । कठ्याङ्ग्रिदो जाडो र चिसो स्याँठले गर्दा मानिसहरुलाई घरबाहिर निस्कनै समस्या पर्न थालेको छ ।

विद्यार्थीहरुलाई विद्यालय जान पनि मुस्किल परिरहेको छ । बालबालिका, अशक्त र शारीरिक रुपमा कमजोर रहेका व्यक्तिहरुलाई चिसोले झनै सताएको छ । जिल्लाका स्थानीय तह र अन्य सरोकारवाला निकायहरुले अहिलेसम्म सर्वसाधारण नागरिकलाई चिसोबाट जोगाउन कुनै पहल गरेका छैनन् ।

अघिल्ला वर्षहरुमा गाउँपालिका तथा नगरपालिकाहरुले जिल्ला वन कार्यालयसँग समन्वय गरेर दाउरा वितरण गर्ने गरेको भएपनि यस वर्ष अहिलेसम्म कुनै पनि स्थानीय तहले दाउराको प्रवन्ध मिलाएका छैनन् ।

जिल्ला अस्पताल मलङ्गवाका प्रमुख डा। नवलकिशोर झाले चिसो बढ्दै गएकाले यो समयमा पर्याप्त तातो र ताजा खानेकुरा खान, शरीरमा हावा पस्न नदिने गरी ताता लुगा लगाउन र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सुझाव दिनुभएको छ । स्राेत : इमेजखबर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.