८ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
हरिपुर्वा र पर्साका विद्यालयमा सावा करोड भन्दा बढि लागतमा भौतिक संरचना बन्दै – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिपुर्वा र पर्साका विद्यालयमा सावा करोड भन्दा बढि लागतमा भौतिक संरचना बन्दै

सर्लाही,६ माघ । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउपालिकाका सामुदायिक व्द्यिालयहरुमा सावा करोड भन्दा बढि लागतमा भौतिक संरचना निर्माण भैरहेको छ । अष्ट्रेलियन एड्को आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल, विश्व शिक्षा, ह्याण्डीक्याप इन्टरनेसनल र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रको साझेदारीमा सञ्चालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना अन्तरगत राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका विद्यालयहरुमा विद्यालय भवन र बालमैत्री तथा अपाङ्ग मैत्री सौचालय गरी १ करोड २६ लाख ६३ हजार ४१७ रुपैया बराबरको भौतिक संरचना निर्माण गरिरहेको छ ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले हरिपुर्वा नगरपालिका वडा नं. ५ मा रहेको सोनफी प्राथमिक विद्यालयमा ३८ लाख २७ हजार ३४१ रुपैयाको लागतमा दुईकोठे आर.सि.सि. भवन, हरिपुर्वा वडा नं. ३ मा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा ३७ लाख ४८ हजार ३८९ रुपैयाको लागतमा दुईकोठे आर.सि.सि. विद्यालय भवन, र पर्सा गाउँपालिका वडा नं. ५ मा रहेको पब्लिक माध्यमिक विद्यालयमा ३८ लाख १ हजार ६८७ रुपैको लागतमा दुईकोठे आर.सि.सि. भवन तथा वडा नं. २ मा रहेको नेपाल राष्ट्रिय बैजु जन्ता मा.वि. संग्रामपुरमा १२ लाख ८६ हजारको लागतमा आर.सि.सि.विद्यालय भवन र बालमैत्री तथा अपाङ्ग मैत्री सौचालय निर्माण गर्न लागिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

दुईवटै पालिकाको विद्यालयहरुमा बनिरहेको भौतिक संरचनाहरुको लगभग आधि काम भैइसकेको साहले बताउनुभयो । सिकाई परियोजना मार्फत गरेको कार्यक्रमले गर्दा विद्यालयमा धेरै सुधार भएको छ र अहिले बन्दै गरेको विद्यालय भवन धेरै नै गुनस्तरिय रहेको सोनफी प्राथमिक विद्यालयका प्र.अ. बिन्देश्वर साहले जानकारी दिनुभएको छ ।

भौतिक संरचना निर्माणकै क्रममा रहेकोले आज जिल्ला समनवय समिति सभापती मेथुर चौधरी, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका निर्देशक शिवजी साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष विश्वनाथ ठाकुर, शिक्षा विकास तथा समन्वय इकाइका प्रतिनिधि सोभित साह, हरिपुर्वा नगरपालिका मेयर सियाराम राय र पर्सा गाउँपालिका अध्यक्ष किशुनदेव रायले अनुगमन समेत गर्नुभएको साहले जानकारी दिनुभयोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.