
राकेश गुप्ता
सर्लाही,६ माघ । सर्लाहीको गोडैता नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११,सिसौटिया बस्ने ७५ वर्षीया बृद्धा देवकली देवी रहेकी छन ।
घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते भएकी बृद्धाको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चिसो छल्न अहिले गाउँघरमा आगो बालेर ताप्ने क्रम बढेको छ।