१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ई.प्र.का. बरहथवाका प्रमुख यादव नगद,प्रमाण पत्र सहित पुरस्कृत – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ई.प्र.का. बरहथवाका प्रमुख यादव नगद,प्रमाण पत्र सहित पुरस्कृत

सर्लाही,७ माघ । सर्लाहीको बरहथवा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक(डिएसपी) उमाशंकर प्रसाद बिहिवार पुरस्कृत भएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले ई.प्र.का. बरहथवाका प्रमुख यादवले पुष महिनामा जिल्ला भरीमै उत्कृष्ट कार्य गरेको भन्दै नगद, प्रमाणपत्र सहित पुरस्कृत भएका छन ।

गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहु दरबन्दी भई हाल डिएसपी यादव सर्लाहीमा कार्यरत छन । यादवले बरहथवा नगरपालिका वडा नं. १० कटानी टोल बस्ने ३२ वर्षिया सावित्री कुमारी महराको हत्यामा संलग्न हरिवन नगरपालिका वडा नं. १० बस्ने २७ वर्षिय संतोष साह, मुकेश ब्लोन र २२ वर्षिय रोहित हजरा पक्राउ गरी कार्वाहीको प्रकृया अगाडी बढाएको थियो ।

त्यस्तै बागमती नगरपालिका वडा नं.१० बस्ने कासिम मंसुरलाई वडा नं. १० नै बस्ने गफार सेख सहित ४ जनाले कुटपिट गरी घाइते बनाए पछि मंसुरको उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु पश्चात कुटपिटमा संलग्न अभियुक्तहरुलाई पक्राउ गरी कर्तव्य ज्यान मुदा दर्ता गरि कार्वाही अगाडी बढाएको थियो ।

यस्तै बसवरीया गाउँपालिका वडा नं. ५ स्थित सुवोध चौधरीको टेण्ट हाउसमा विभिन्न सामग्री चोरी गरेका ३ जना अभियुक्तलाई पक्राउ गरी आवश्यक कार्वाही गरि प्रहरी संगठनको छविलाई उच्च राख्न अहम भुमिका निर्वाह गरेको भन्दै प्रहरी नायव उपरीक्षक(डिएसपी) यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले नगद सहित सम्मान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.