१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा ३ सय किलो अवैध कुखुरा नष्ट गरियो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा ३ सय किलो अवैध कुखुरा नष्ट गरियो

सर्लाही,७ माघ ।सर्लाहीमा ३ सय किलो जिउँदो बोइलर कुखुरा नष्ट गरिएको छ । अवैधरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेका बोइलर कुखुरा सशस्त्र प्रहरीले सर्लाहीको संग्रामपुर नाकाबाट बरामद गरी आज नष्ट गरिएको हो ।

अवैध कुखुरा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नंं १० गणको टोलीले बरामद गरेको थियो । बरामद गरिएको कुखुरालाई बोर्डर आउट पोष्ट मलंगवामा ल्याई सरोकारबाला निकायको रोहबरमा खाल्डो खनि नष्ट गरिएको गरिएको सशस्त्र प्रहरी निरीक्षक उमेश कार्कीले जानकारी दिए ।

यसैगरी कुखुरासहित बिआर ३० जे ६७२९, बिआर ०६ एसी ४२८३ र बिआर ३० टी १७५८ नम्बरको तिन मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। गस्तीमा खटेको सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरु मोटरसाइकल र कुखुरा छोडेर फरार भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.