२८ बैशाख २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
श्री कृष्ण प्रणामी युवा परिषदले सिर्जनात्मक कार्य गर्दै मनाए ३१ औ वार्षिकोत्सब – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

श्री कृष्ण प्रणामी युवा परिषदले सिर्जनात्मक कार्य गर्दै मनाए ३१ औ वार्षिकोत्सब

घनश्याम सिंह
सर्लाही,१८ माघ । सर्लाहीमा श्री कृष्ण प्रणामी युवा परिषद नेपालले सिर्जनात्मक कार्य गर्दै आफनो ३१ औ वार्षिकोत्सब मनाएको छ । सर्लाही जिल्ला भरीमा रहेको १० वटा कृष्ण प्रणामी मंदिरहरुमा आज एकै साथ सार्वजनिक स्थानमा सरसफाई कार्यक्रम, माक्स वितरण तथा फलफुल बितरण गरी दिप प्रज्वल गरेर श्री कृष्ण प्रणामी युवा परिषदले आफनो ३१ औ वार्षिकोत्सब मनाएको छ ।

यसैक्रममा सर्लाहीको लालबन्दी नगरपालिकामा पनि श्री कृष्ण प्रणामी युवा परिषदले सिर्जनात्मक कार्य गर्दै आफ्नो ३१ औं वार्षिकोत्सब मनाएको छ । मंगलवार लालबन्दी नगरपालिका वडा नं. १ नवलपुर स्थित श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति सर्लाहीको आयोजना तथा श्री कृष्ण प्रणामी युवा परिषद सर्लाहीका अध्यक्ष रामलाल महतोको अध्यक्षतामा विभिन्न कार्य गर्दै ३१ वटा मैनवत्ती बाली दिप प्रज्वल गरेर वार्षिकोत्सब मनाएको छ ।

कृष्ण प्रणामी युवा परिषदले आफ्नो ३१ औं वार्षिकोत्सबको अवसरमा कोरोना बाट जोगाउन १ हजार जनालाई सर्जिकल माक्स समेत वितरण गरेको छ । त्यस्तै वार्षिकोत्सबको अवसरमा नवलपुर चौकको चौतरामा सरसफाई र नवलपुरमा रहेको रामजानकी मन्दिरमा समेत सरसफाई गरिएको आयोजकले जनाएको छ । सरसफाई पश्चात मन्दिरमा फोहर फाल्न डस्टविन समेत राखिएको थियो ।

वार्षिकोत्सब कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,वडा नं. १ का वडा अध्यक्ष ,प्रहरी, श्री कृष्ण प्रणामी सेवा समिति सर्लाही, श्री कृष्ण प्रणामी बाइजुराज महिला समिति सर्लाही, श्री कृष्ण प्रणामी व्यवसायी संघ सर्लाही लगायत मंदिरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.