१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नगरपालिकाको आफ्नै भवन निर्माण गर्न हरिपुर्वाका मेयरलाई ज्ञापन पत्र – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नगरपालिकाको आफ्नै भवन निर्माण गर्न हरिपुर्वाका मेयरलाई ज्ञापन पत्र

सर्लाही,१८ माघ । सर्लाहीको हरिपुर्वा नगरपालिकाका विभिन्न सरोकारवाला व्यक्तिहरुले नगरपालिकाको आफनै भवन निर्माणको लागि ज्ञापन पत्र बुझाएका छन । सोमबार हरिपुर्वा नागरिक समाज तथा विभिन्न पार्टिको प्रतिनिधि हरुले ज्ञापनपत्र मार्फत हरिपुर्वा नगरप्रमुख सियाराम रायलाई ध्यानाकर्षण गराएका छन ।

३ वटा गाविस मिलेर बनेको नगरपालिकाको आफ्नो जग्गा र भवन नहुदा भाडाको घरमा संचालन हुँदै आइरहेको छ । साबिक धनकौल, बसंतपुर तथा हरिपुर्वा गाविस मिलेर बनेको हरिपुर्वा नगरपालिकासबै वडाको मध्यमा पर्ने हरिपुर्वा पुरानो बजार स्थित रहेको रामसिश साहको घरमा भाडामा संचालित रहेको छ ।

हरिपुर्वा नगरपालिकाको आफ्नै जग्गा नहुदा बिगतमा जग्गा दाताको लागि सुचना निकालिएको थियो । हरिपुर्वा नगरपालिका भित्र रहेको बाघ बला कुट्टीको नाउमा २० बिघा भन्दा बढी जग्गा रहेकोले सोही जग्गामा नगरपालिकाको भवन निर्माण गर्न गराउन सरोकारवाला व्यक्तिहरुले ज्ञापन पत्र बुझाएको छ ।हरिपुर्वा नगरपालिकाको मध्यभागमा रहेको पुरानो बजार देखि २०० मिटर दक्षिणमा बाघ बला कुटि ( राम जानकी मन्दिर ) नजिक रहेको खाली ठाउँमा नगरपालिकाको भवन निर्माण हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र बुझाउन हरिपुर्वा नगरपालिकाको मेयर पदका प्रत्यासी रामबाबु साह, प्रदेश सभासद प्रत्यासी बिनोद साह, नेपाली कांग्रेसको जिल्ला तरुण दलको अध्यक्ष सुर्यनारायण राय , स्थानीय मुक्ती साह, मनोज कुमार यादब, रिषिकेश महतो, सहित ५० जना विभिन्न पार्टीको प्रतिनिधिहरु नगरपालिका गएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.