१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
करोड भन्दा बढिको समान प्रहरीले भन्सार कार्यालयलाई बुझायो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

करोड भन्दा बढिको समान प्रहरीले भन्सार कार्यालयलाई बुझायो

सर्लाही,१९ माघ । सर्लाही प्रहरीले सावा करोड भन्दा बढिको अवैध समानहरु सर्लाही भन्सार कार्यालयलाई बुझाएको छ । प्रहरीले असार १ गते देखी हाल सम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरु समेतबाट बिभिन्न किसिमका अबैध सामानहरु बरामद गरी १ करोड ३१ लाख २ हजार १ सय ८३ रुपैया राजश्व बराबरको अबैध सामानहरु आवश्यक कारवाहीको लागी सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाएको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

प्रहरीले नियमित रुपमा सिमानाका तथा अबैध गतिविधीहरु हुने स्थानहरुमा प्रहरी परिचालन गरी भन्सार छली ल्याएको समानहरु बरामद गरी उक्त मुल्य बराबरको विभिन्न मिति गरी भन्सार कार्यालयमा आवश्यक कार्वाहीको लागि पठाएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.