१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विद्यालय र स्थानीय किसानबीच सिमाना विवाद रुपान्तरणका लागि पूर्व तयारी बैठक सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

विद्यालय र स्थानीय किसानबीच सिमाना विवाद रुपान्तरणका लागि पूर्व तयारी बैठक सम्पन्न

सोम दियाली, सर्लाही
माघ २० गते बिहीबार ।। प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालद्वारा संचालित प्राकृतिक श्रोत द्वन्द रुपान्तरण कार्यक्रम छैटौ चरण अन्तरगत सर्लाहीको दक्षिण पश्चिमस्थित गोडैता नगरपालिकाको वडा नम्बर ३ मा अवस्थित सामुदायिक प्राथमिक विद्यालय सिमरा भगवतीपुर र सोही स्थानमा वस्ने सिमानाका किसानहरुविच २०७२ साल देखि चल्दै आएको जग्गा सम्वन्धी द्वन्द रुपान्तरण प्रक्रियामा सहजिकरण गर्न द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरुको सहभागितामा पुर्व तयारी बैठक सम्पन्न भएको छ ।

२०६५ सालमा स्थानीय शिक्षक राजिनन्द महतोलगायतका स्थानीयकै पहलमा स्थापना गरिएको सो सामुदायिक प्राथमिक विद्यालय भवनको वरिपरि स्थानीयवासीको घर रहेको थियो । विस्तारै विद्यालयको भवनहरु निर्माण हुदै जाँदा वरिपरिका व्यक्तिहरुको जग्गा च्यापिदै गयो । केही व्यक्तिहरुसंग विद्यालयले सम्झौता गरेर जग्गा साटोफेरो गरेपनि केही व्यक्तिहरुलाई भने विद्यालयमा जागिर लगाई दिएर जग्गा लिईयो । सिमानाका केही व्यक्तिहरसंग सहमती हुन नसक्दा विद्यालयले कम्पाउण्डवाल समेत लगाउन पाएको छैन । विद्यालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएर वल प्रयोग गरी वस्ती उठाउने प्रयास गरेपनि सफल हुन भने सकेन । पटक–पटक सहमति गर्ने प्रयास असफल भएपनि सेफ द चिल्डेन नामक संस्थाले विद्यालयको वाल लगाउन दिएको वजेट समेत फ्रिज भएर भएर गयो । वरिपरि विद्यालयको भवन विच भागमा व्यक्तिहरुको घर रहेको कारण विद्यालयको अवस्था नाजुक देखिएको छ ।
विवाद समाधानको लागि सहजिकरण गरिदिन विद्यालयको प्रधानाध्यापक राजिनन्द महतोले प्राकतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र्र, नेपालमा लिखित निवेदन दिएपछि संस्थाले पुर्व तयारी बैठक राखी प्रकृया अगाडी वढाएको हो ।

गोडैता नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष विजय प्रसाद यादवको अध्यक्षतामा सञ्चालित बैठकको संविद्यानसभा सदस्य एवं नेकपा एमालेकी केन्द्रीय सदस्य कमलादेवी महतो प्रमुख अतिथी रहनुभएको थियो । बैठकमा स्थानिय राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु ने।क।पा। माओवादीका लक्ष्मी राय, नेपाली कांग्रेस गौरीशंकर महतो, सम्भु महतो, विद्यालयका प्रधानाध्यापक राजिनन्द महतो, वहुजन समाजवादी पार्टीका वडा सभापती विरेन्द्र पासवान, सिमानाका किसान प्रतिनिधिसरोज कुशवाह, जय किसुन महतो लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपाल सहजकर्ता गंगा वहादुर विश्वकर्मा संचालन गर्नु भएको कार्यक्रममा राष्ट्रिय श्रोत व्यक्ति पार्वती विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । वैठकको सहजीकरण गर्नुहुँदै स्रोत व्यक्ति विश्वकर्माले प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र, नेपालको परिचय, संस्थाले संचालन गर्दै आएको अभियानको परिचय, संस्थाद्वारा संचालित कार्यक्रमहरु, अभियानवाट प्राप्त उपलब्धिहरु र प्राकृतिक श्रोत द्वन्द रुपान्तरण प्रकृयाको परिचय दिनुको साथै द्वन्द रुपान्तरण प्रकृयामा द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरु र सहजकर्ताहरुको भुमिकाको वारेमा प्रकाश पार्नुभएको थियो । साथै उहाँले विवादको विषयमा संक्षिप्त जानकारी संकलन गरी द्वन्द नक्शाकनको लागि स्थलगत कार्ययोजना तर्जुमा समेत गर्नुभएको थियो ।

पूर्व तयारी बैठकमा बोल्नुहुँदै प्रमुख अतिथी एवं संविधानसभा सदस्य कमलादेवी महतोले सबैलाई चित्त बुझाएर समासस्याको समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय किसानलाई पनि विस्थापित गर्न नहुने र विद्यालयलाई पनि मार्का पार्न नहुने धारणा राख्नुहुँदै आफ्नो गाउँमा आएर कार्यक्रम गरेकोमा प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रलाई धन्यवाद दिनुभयो । उहाँले द्वन्द रुपान्तरण सम्बन्धी तालिम मधेशका गाउँगाउँमा गएर दिन सके त्यो प्रभावकारी हुने बताउनुभयो ।

पूर्व तयारी वैठकमा वडा अध्यक्ष विजय प्रसाद यादवले विद्यालय र स्थानीय किसानबीच देखिएको द्वन्द रुपान्तरणमा आफू र वडा कार्यालयले भरपूर सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समस्या समाधानका लागि सहजकर्ताहरुलाई जिम्मा लगाएर ढुक्कले बस्नु हुँदैन, समस्या समाधानमा हामी आफै पनि लाग्नुपर्छ ।’ उहाँले किसानको चित्त बुझाएर आफूले समस्या समाधान गर्ने भन्नुहँुदै आफूलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले वडा कार्यालबाट बजेट विनियोजन गरेरै भएपनि वडावासीलाई समेत द्वन्द रुपान्तरण सम्बन्धी तालिम सञ्चालन गर्ने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.