१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
मधेस प्रदेशमै सर्वाधिक पुरस्कार राशी रहेको राजर्षि जनक कप फुबल प्रतियोगिता माघ २५ गतेबाट हुने – Nigrani Today
खेलकुदताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मधेस प्रदेशमै सर्वाधिक पुरस्कार राशी रहेको राजर्षि जनक कप फुबल प्रतियोगिता माघ २५ गतेबाट हुने

सर्लाही, १५ माघ ।सर्लाहीको बागमती नगरपालिकामा मधेस प्रदेशमै सर्वाधिक पुरस्कार राशी रहेको राजर्षि जनक कपको सातौँ संस्करण माघ २५ गतेबाट हुने भएको छ ।
आईतवार आयोजक बागमती यूवा क्लवले पत्रकार सम्मेलन गरेर बर्षेनी आयोजना हुदै आएको प्रतियोगितामा प्रतिष्ठित १२ वटा क्लवले सहभागिता जनाउने भएका छन् । प्रदेशमै सर्वाधिक पुरस्कार राशी रहेको यस प्रतियोगिताको विजेताले १० लाख र राजर्षि रनिङ शिल्ड र उपविजेताले नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको हो ।

पर्यटन प्रवर्धन तथा सस्कृतीको सम्बर्धन नारा सहित संचालन हुन लागेको प्रतियोगिताको अनुमानित लागत ९८ लाख रहेको क्लवका महासचिव सागर मैनालीले जानकरी दिए । यस प्रतियोगितामा विभागिय टिम नेपाल पुलीस क्लव र एपिएफ क्लव, ए डिभिजनको मच्छिन्द्र फुटवल क्लव, जावलाखेल यूथ क्लव, संकटा क्लव, चर्चब्वईज यूनाईटेड ललितपुर सहभागि हुने भएका छन् ।

यस्तै मोफलका चर्चित एवं साविक विजेता पिप्ले यूवा क्लव हेटौडा, सुदुर पश्चिम–११, धनगडी, धरान फुटवल क्लव धरान, नवजनजाग्रिती फुटवल क्लव सिमरा, पाहुना टोली यूनाईटेड किङडम फुटवल क्लव दार्जलिङ र आयोजक बागमती यूवा क्लवले उपाधीका लागि प्रतिस्पर्धा गर्ने क्लवका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए ।

बागमती नगरपालिका खेलकुद विकास समिति समेत आयोजक रहेको यस प्रतियोगिता बागमती–११, स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृती खेल मैदानमा संचालन हुनेछ । स्थानीय खेल क्षेत्र तथा उदाउदा खेलाडिको प्रोत्साहन स्वरुप सूर भएको यस प्रतियोगितामा बागमतीका एक उत्कृष्ट खेलाडिले एक थान मोटरसाईकल समेत पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै क्लवका अध्यक्ष किस्मत राज मैनालीले यस प्रतियोगिता प्रति मधेश प्रदेश सरकार उदासिन देखीएको आरोप लगाए । यस प्रदेशको धार्मिक पर्यटन र आश्था सगँ जोडिएको राजर्षि जनक कप संचालनमा कुनै सहयोग नगर्नुले प्रदेश सरकार प्रतियोगिता तर्फ सकारात्मक रहेको नदेखीएको उन्ले जिक्किर गरे ।

‘राजा जनक प्रतिको सम्मान र पर्यटनमा यसले टेवा पुर्याउने गरी गाउँ घरमा सय, पचास सहयोगबाट प्रतियोगिता संचालन गरिरहेका छौँ ।’ अध्यक्ष मैनालीले भने । ‘तर, यसको प्रत्यक्ष संरक्षक रहनु पर्ने मधेश सरकारलाई हामीले पटक–पटक आग्रह गर्दा समेत कुनै वास्ता गरेन् ।’ उद्योग कलकारखाना समेत प्रसस्त भएको यस प्रदेशमा यस्ता प्रतियोति प्रती उद्योगीहरु समेत आकर्षित हुन नसकेका आयाजकको गुनासो छ ।

यस्तै माघ २५ गते हुने उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लव र जावलाखेल यूथ क्लव विच प्रतिस्पधा हुने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.