१४ जेष्ठ २०८०, आईतवार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा पालिका स्तरिय बाल अधिकार समितिको बैठक सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

चन्द्रनगरमा पालिका स्तरिय बाल अधिकार समितिको बैठक सम्पन्न

सर्लाही,२७ माघ । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पालिका स्तरिय बाल अधिकार समितिको बैठक सम्पन्न भएको छ । चन्द्रनगर गाउँपालिकाको उपाध्यक्ष विणा देवी साहको अध्यक्षतामा बैठक बसी बाल अधिकार समितिको पुर्नगठन समेत गरिएको छ ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाही द्धारा संचालित सिकाई परियोजनाको सहजिकरणमा बाल अधिकार समितिले बाल संरक्षण र बालबालिकाको हक अधिकार शुन्निश्चित गर्नको लागि विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको शिक्षा शाखा प्रमुख हरिकान्तलाल कर्णले जानकारी दिनुभयो ।

नव गठित बाल अधिकार समितिको पहिलो बैठकबाट बाल संरक्षण नीति कार्यपालिकाबाट अनुमोदन गराउने, बाल कोष स्थापना र वडा स्तरिय बाल अधिकार समिति पुर्नगठन तथा विद्यालय स्तरमा पनि बाल कलाँब गठन गरि बाल विवाह, बाल श्रम तथा घरेलु हिंसा जस्ता विभिन्न हानिकारक अभ्यासलाई न्यूनिकरणको लागि विभिन्न किसिमको जनचेतना मुलक अभियान सञ्चालन गराउने राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।

नव गठित पालिका स्तरिय बाल अधिकार समितिको अध्यक्ष विण देवी साह र सदस्यहरुमा बिल्टुनिया देवी महरा, कृष्णा देवी ढांगर, हरिकान्त लाल कर्ण, कृष्ण प्रसाद आचर्य, विरेन्द्र साह, मोहन कुमार साह, शुसिल कुमार सिंह, रेणु कुमारी सिंह, शोभा कुमारी देवी, शिवनाथ राउत तथा सदस्य सचिवमा नगिना देवी साह लगायतका सदस्य रहेको महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखाले जानकारी दिए ।

आजै अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल, ह्याण्डीक्याफ इन्टरनेशनल, विश्व शिक्षा तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित समावेसी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजनाको सहयोगमा चन्द्रनगर गाउँपालिकाका सबै वडाका वडा स्तरिय बाल अधिकार समितिका पदाधिकारीहरुलाई काम, कर्तव्य तथा बालसंरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तलिमको सहजिकरण महिला, बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख नगिना साहले गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.