१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा भेटियो ३८ जनामा टिबी रोगको लक्षण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवनमा भेटियो ३८ जनामा टिबी रोगको लक्षण

सर्लाही, माघ २७। सर्लाहीको हरिवनमा ३८ जनामा टिबी अर्थात् क्षयरोगको रोगको लक्षण देखिएको छ । टिबी फ्रि पालिका बनाउने उदेश्य अनुरुप नगरमा सञ्चालित टिबी कार्यक्रमको अर्धबार्षिक समीक्षा तथा उपचारको नतिजा कोहर्ट विश्लेषण गोष्ठी कार्यक्रमका अवसरमा ३८ जनामा टिबी रोगको पहिचान भएको हरिवन नगरपालिकाले जनाएको छ ।

नगरस्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले यसवर्ष नगरपालिकाले १२० जनामा परिक्षण गरी टिबी पहिचान तथा उपचार गर्ने लक्ष्य लिए अनुरुप हालसम्म ५८ जनाको खकार परिक्षण गरिएको जानकारी दिनुभयो । परिक्षण गरिएकामध्ये ३८ जनामा टिबी रोगको लक्षण देखिएको स्वास्थ्य शाखाका संयोजक चौधरीले बताउनुभयो । उनका अनुसार विभिन्न आमा समूहका महिला सदस्य तथा महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन गरी घरदैलो अभियान मार्फत टिबी रोगको पहिचान गर्ने काम भइरहेको छ ।

अभियान अन्तर्गत गर्भवती महिला, कुपोषित बालबालिका, ईट्टा भट्टाका मजदुर, चिनीमिलमा काम गर्ने मजदुर, गुम्बा तथा मस्जिदहरुमा भेला भएका मानिसहरुको खकार जाँच गरिने स्वास्थ्य शाखा संयोजक चौधरीले बताए ।

नेपाल सरकारले सन् २०३० सम्ममा नेपाललाई टिबी रोगमुक्त मुलुक बनाउने लक्ष्य लिएको छ । सोही अनुरुप देशभर टिबी रोगीको पहिचान तथा निःशुल्क उपचार गर्ने काम भइरहेको छ । सर्लाहीका विभिन्न पालिकाहरुले पनि सोही अनुरुप रोगीको पहिचान तथा उपचारका कार्यक्रमहरु सञ्चालन गरेका छन् ।

स्वास्थ्य शाखाका संयोजक चौधरीका अनुसार माइक्रोब्याक्टेरिया ट्युबरक्लोसिस भनिने ब्याक्टेरियाका कारण टिभी रोग लाग्ने गर्दछ । यो रोगले विशेष गरी फोक्सोमा संक्रमण गर्दछ भने शरीरका अन्य भागमा पनि यसको असर देखिने गर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.