१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
एमसीसी परियोजना खारेजीको माग गर्दै हरिवनमा प्रदर्शन  – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

एमसीसी परियोजना खारेजीको माग गर्दै हरिवनमा प्रदर्शन 

सर्लाही १ फागन। नेकपा (एकीकृत समाजबादी) आबद्ध  जनबर्गिय संगठनले आज सर्लाहीको हरिवनमा बिरोध प्रदर्शन गरेका छन । युवा संघ नेपाल, अनेरास्ववियू, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघ आबद्ध समुहले प्रदर्शन गरेको पार्टी प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिनुभयो ।
      हरिवन चोकमा उल्लेख संख्यामा भेला भएका नेकपा एकीकृत समाजवादीका कार्यकर्ताको जुलुस बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियोे । जुलुसमा राष्ट्रघाती एमसीसी परियोजना खारेज गर, अमेरिकी सेना चाहिदैन- एमसीसी ल्याउन पाईदैन, बिजुलि-बाटो बहाना हो- हस्तक्षेप गर्ने चाहाना हो जस्ता  नारा लगाइएको थियो ।
  जुलुस पछी भएको कोण सभामा पार्टीका नेताहरु उत्तर कुमार मैनाली. जय गोले, राज कुमार बिक,  लिलि घिसिङ लगाएतले सम्बोधन गरेका थिए । आज राष्ट्रब्यापी कार्यक्रम अन्तर्गत हरिवनमा प्रदर्शन गरिएको प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.