१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एकसय बोतल प्रतिबन्धित लागूऔषध कोडिवेलसहित २ जना पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

एकसय बोतल प्रतिबन्धित लागूऔषध कोडिवेलसहित २ जना पक्राउ

सर्लाही, ४ फागुन । एकसय बोतल प्रतिबन्धित लागूऔषध कोडिवेलसहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिपुर नगरपालिका २ का २२ वर्षिय रविन्द्र साह र १९ वर्षिय रोशन यादव रहेका छन् ।

बुधबार अन्दाजी दिउँसो ३ बजेको समयमा सदरमुकाम मलंगवा नगरपालिका ९ स्थित पेट्रोल पम्प अगाडि हुलाकी राजमार्गमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

विआर३०के १४०९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकलमा भारतको सोनवर्षाबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा उनीहरुले बोकेर ल्याएको हरियो रंगको प्लाष्टिकको बोराभित्र कार्टुनमा लुकाई राखेको अवस्थामा आगूऔषध फेला परेको थियो ।

उनीहरुको साथबाट लागूऔषध फेलापारेपछि प्रहरीले लागूऔषध, उनीहरु सवार मोटरसाईकलसहित दुवै जनालाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट केही नगद रुपैयाँ र उनीहरुले प्रयोग गर्ने मोवाईलसमेत बरामद गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.