१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा आगलागि हुँदा लाखौँको क्षति – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा आगलागि हुँदा लाखौँको क्षति

सर्लाही,५ फागुन । सर्लाहीमा बेग्ला बेग्ला ठाँउमा आगलागि हुँदा लाखौँको क्षति भएको छ । गए बेलुका हरिपुर न.पा.३ फरहदवा निवासी राधे श्याम ठाकुरको फुड प्रोडक्सन (दाल फैक्ट्रीमा) बिधुत सर्ट भई आगलागी हुँदा लाखौँ क्षति भएको छ ।

दाल फैक्ट्रीमा हुदाँ १ लाख मुल्य बराबरको मेसिन, २० हजार बराबरको कराही, २ लाख मुल्य बराबरको तेल, १ लाख ५० हजार मुल्य बराबरको कच्चा पदार्थ, ७० हजार बराबरको बाँसको छाप्रो गरी ५ लाख ४० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।आगो स्थानिय र प्रहारीको सहयोगमा गए बेलुका नै नियन्त्रणमा आएको मानबिय चौपाया क्षेति नभएको प्रहरीले जनाएको छ ।

यसैगरी सर्लाहीको बाग्मती नगरपालिका वडा नं. ४ बस्ने देवराज सिङ्तानको १ तल्ले ३ वटा कोठा भएको फुसको घरमा बिधुत सर्ट भई आगलागी हुदाँ अन्दाजी २ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाबर्तन र घर जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.