१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
श्रीरामको खुद मुनाफा १३ लाख भन्दा बढि – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

श्रीरामको खुद मुनाफा १३ लाख भन्दा बढि

प्रेमनाथ पौडेल
लालबन्दी,१६ कार्तिक । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ नवलपुरमा रहेको श्रीराम बचत तथा ऋृण सहकारी सस्थाले १३ लाख भन्दा बढी खुद मुनाफा गरेको छ । १२औ बार्षिक साधरण सभाको अवसरमा संस्थाले आर्थिक बर्ष २०७८÷७९ मा २ करोड ६२ लाख ४२ हजार ५ सय ८५ रुपैयाको कारोबार गरि १३ लाख ४८ हजार ६ सय ५ रुपैया खुद मुनाफा गरेको संस्थाका सचिव राम प्रमोद महतोले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै सो रकम मुनाफा गरेको जानकारी दिनु भयो ।

संस्थाका सचिव लक्ष्मीनारायण महतोको अध्यक्षता एवम जिल्ला बचत तथा ऋृण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरेको प्रमुख आतिथ्यतामा भएको साधरण सभाको उदघाटन सत्रका बक्ताहरुले अब सहकारीले बचत र ऋृणको मात्रै कारोबार नगरी संस्थाका शेयर सदस्यको जिवन स्तर उकास्न र समय सापेक्ष गर्जो टार्न आय आर्जन जिबिकोपार्जनमा टेवा पुर्याउन शेयर सदस्य र पुजिमा वृद्धि गर्दै शेयर सदस्य लाई उत्पादन क्षेत्रमा लगाउदै निर्यात मा बृद्दि गर्न सक्नु पर्नेमा जोड दिएका थिए ।

जब सम्म उत्पादन र उत्पादित समानको बाहिर निर्यातमा बृद्दि गर्न सकिँदैन तब सम्म शेयर सदस्यको जिबिकोपार्जन र आय आर्जनमा टेवा पुर्याउन र संस्थाको पनि दिगोपना नहुने हुदा त्यस तर्फ संचालक समितिले ध्यानपुर्याउन सुझाब दिएका थिए ।यसै बिच संस्थामा आबद्द रही कर्जा मार्फत सफल ब्यबसाय गर्ने उत्कृष्ट ५सफल उधमी सदस्य लाई प्रशंसा पत्र ,२४ जना उत्कृष्ट बालबचत कर्ता लाई बिधालय झोला ब्याग र १० जना जेष्ठ सदस्य लाई खादा लगाई सम्मान गरिएको संस्थाका ब्यबस्थापक तिर्थ नारायण महतोले बताउनु भयो ।

त्यस्तै साधरण सभाका अतिथी हरु लाई माया को चिनो प्रदान गरि सम्मान गरेको बताईएको छ ।यसै बिच तीन बर्षे कार्यकालको लागि संस्थाका पुर्ब अध्यक्ष खुसिलाल महतोको अध्यक्षतामा भएको तिन सदस्य निर्बाचन कमिटीले रामप्रमोद महतोको अध्यक्षतामा ९ सदस्य नया नेतृत्व कार्य समिती र सचितानन्द महतो संयोजक रहेको ३ सदस्य लेखा समिति सर्बसम्मत चयन गरेको ब्यबस्थापक महतोले बताउनु भयो ।

साधरण सभामा जिल्ला बचत तथा ऋृण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे लालबन्दी नगरपालिका वडा नम्वर १का वडा अध्यक्ष हरिहर भट्टराई ,सस्थाका पुर्ब अध्यक्ष खुसी लाल महतो समाजसेवि मिश्रीलाल महतो, नेपाल बचत तथा ऋृण सहकारी संघ फिल्ड कार्यालय हरिवनका प्रमुख महेश बराल ,राष्ट्रिय सहकारी बैंक हरिवन फिल्ड कार्यालयका प्रमुख नारायण लामिछाने ,लगायतले सहकारी सम्बन्धी आआफ्नो धारणा राख्नु भएको संस्थाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.