१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा मेयर पदका प्रभावशाली उम्मेदवारले नै गरे युवा नेता साहलाई समर्थन – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

ईश्वरपुरमा मेयर पदका प्रभावशाली उम्मेदवारले नै गरे युवा नेता साहलाई समर्थन

८ बैशाख, सर्लाही । स्थानीय तहकाे निर्वाचनमा मनोनयन दर्ता गर्न अब ३ दिन मात्र बाँकी रहँदा समेत राजनीतिक दलहरुले आफ्नो उम्मीदवारको अन्तिम टुङ्गो लगाउन सकेका छैन ।

त्यसै सन्दर्भमा गत चैत्र ३० गते बसेको नेकपा (एमाले) ईश्वरपुर नगर कमिटीको बैठकले मेयर पदमा कुनै एक जनाको नाममा सर्वसहमति जुटाउन नसकेपछि आकांक्षी उम्मेदवारहरुको बीच न्युनतम चुनावी प्रतिबद्धता सहित सर्वसहमत रुपमा चन्द्र भुषण साह, मनोज कुमार देवकोटा, दिल बहादुर थिंग, सन्तोष आचार्य र सुशील कुमार थपलिया गरी ५ जनाको नाम माथिल्लो कमिटीमा सिफारिश गरेको थियो ।

सर्लाहीको निर्वाचन क्षेत्र नंबर १ मा पर्ने ईश्वरपुर राजनीतिक, सामाजिक एवं भौगोलिक हिसाबले तुलनात्मक रुपमा अली विशिष्ट मानिन्छ । आफ्नै पार्टीभित्रको असमझदारी एवं घात-अन्तरघातका कारण कम्युनिष्ट आन्दोलनको आधार ईलाका मानिने यो निर्वाचन क्षेत्रबाट गत निर्वाचनमा मधेशी गठबन्धनको उम्मेदवारले विजय हासिल गरेको कुरा स्थानीय जानकारहरु बताउछन् ।

ईश्वरपुरमा नेकपा एमालेबाट मेयर पदका प्रभावशाली दावेदार उम्मेदवारीको रुपमा रहेका ७२ वर्षीय दिल बहादुर थिंगले लोकप्रिय युवा नेता चन्द्र भुषण साहलाई समर्थन गरेका छन् । थींगले भन्नुभयो, “ईश्वरपुरको विकासका लागी नयाँ सोच र युवा जोशको खाँचो छ । ईश्वरपुर नगर र नगरवासी जनताको जीतको लागी म बाधक बन्न मिल्दैन । त्यसैले मेरो तर्फबाट मार्ग प्रसस्त गरेको हुँ । र अन्य दाबेदारहरुले पनि यसरी नै युवा नेतृत्वलाई सहयोग गरेर ईश्वरपुरको सम्मान, बदलाव, विकास र समृद्धिका लागी ऐतिहासिक योगदान गर्नका लागी एउटा पाको नेताको हैसियतले सबैमा अनुरोध समेत गर्दछु ।”

युवा नेता चन्द्र भुषण साहले मेयर पदमा आफ्नो उम्मेदवारीको निम्न आधारहरु समेत पेश गरेकाले ईश्वरपुरको पक्षमा नतीजा आउने विश्वास आमजनतामा बढ्दै गएको देखिन्छ ।

१. देश-दुनियामा ईश्वरपुरको श्रेष्ठता सावित गर्नसक्ने स्पष्ट भिजन भएकोले,

२. ईश्वरपुरको बदलाव, विकास र समृद्धिका लागी चाहिने प्रभावकारी कार्ययोजना एवं स्पष्ट मार्ग चित्र भएकोले,

३. अग्रजहरुको आशिर्वाद र प्रियजनको प्रेम सहित सबैको साथ, सहयोग र समर्थन रहेकोले,

४. राष्ट्रिय स्तरको पूर्णकालीन सक्रिय राजनीतिकमा दशक भन्दा बढी लामोसमयको अनुभव रहेकोले,

५. आफ्नो नयाँ सोच र युवा जोशका कारण कम उमरमैं अनेकन ऐतिहासिक किर्तिमानहरु रच्न सफल रहेकोले,

६. नगर क्षेत्रभित्र कम्तिमा ७५% जातीय र ९५% भन्दा बढी वर्गीय आधार रहेकोले,

७. आम नगरवासीमा “हामी सबै एमाले-हामी सबैको एमाले” भावको गहिरो अनुभूति दिलाउन जरूरी रहेकोले,

८. सामाजिक सद्भाव, सहिष्णुता, एकता एवं उत्साहबाट विशेष उर्जा जागृत गराई सकरात्मक बदलावको नेतृत्व गर्ने क्षमता भएकोले,

९. नगरको प्रत्येक गाउँ-टोलमा गएर विकास एवं समृद्धिको सम्भाव्यता अध्ययन गरेकोले,

१०. ईश्वरपुरको मान-सम्मान, गौरव र गरिमा बढाउन जरूरी रहेकोले,

११. न्युनतम साधन-स्रोतको सद्पयोगबाट अधिकतम प्रतिफल/नतीजा निकाल्न सक्ने क्षमता रहेकोले,

१२. एउटा आशा एवं भरोसा लाग्दो सुयोग्य, कर्मठ एवं ईमानदार उम्मेदवार रहेकोले,

१३. राष्ट्रिय राजनीतिमा समेत एउटा अलग पहिचान र राम्रो छवि बनाउन सफल रहेकोले,

१४. नेतृत्व तहमा युवाहरुको प्रतिनिधित्व सुनिश्चितता जरूरी रहेकोले,

१५. जसको निती, उसैको नेतृत्वको प्रधानताका कायम गर्न आवश्यक रहेकोले,

१६. कोहिप्रति आग्रह पूर्वाग्रहको भावना नरहेकोले,

१७. देश-विदेशको भ्रमण, अवलोकन एवं अध्ययन – अनुसन्धानबाट विशेष अनुभव प्राप्त गरेकोले,

१८. विभिन्न संगठन, संघ-संस्था, राजनीतिक आन्दोलन र अभियानहरुमा कुशल एवं नेतृत्वकारी भूमिकाको अनुभव रहेकोले,

१९. पार्टी अध्यक्ष क. केपी ओली नेतृत्वको लोकप्रिय सरकारमा सहरी विकास मन्त्रीको प्रमुख सल्लाहकारको रुपमा मन्त्रालय सञ्चालनको विशेष अनुभव समेत प्राप्त गरेकोले,

२०. ईश्वरपुर नगरलाई नेपाल सरकारको सहरी विकास मन्त्रालयबाट “नयाँ सहर कार्यक्रम” मा समावेश गराउन सफल भएकोले,

२१. सघ तथा प्रदेश सरकारबाट समन्वय गरेर विगतमा भन्दा झन बढी नगर विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने क्षमता भएकोले आदि ।

सर्लाही जिल्लाको ईश्वरपुर निवासी युवा नेता चन्द्र भुषण साह स्थानीय जनताका बीच निकै चर्चित र लोकप्रिय नेताका रुपमा चिनिन्छन् । उनको बौद्धिक क्षमता र कार्य कुशलताबाट प्रभावित भएर आफ्नो पार्टी संगसगैं अन्य फरक पार्टीका सीनियर नेताहरुले समेत उनको खुलेरै प्रशंसा गर्ने गरेको पाईन्छ । सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको दशक भन्दा लामो अनवरत राजनीतिक यात्रा भने निकै नै रोचक र सफल रहेको देखिन्छ ।

यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कार्यकालमा तत्कालीन सहरी विकास मन्त्रीको राजनीतिक सल्लाहकारको रुपमा ऐतिहासिक भूमिका निर्वाह गरि सकेका छन् । आईटी आर्मीको केन्द्रीय अध्यक्ष समेत रहेका साहले मधेश प्रदेश संगसगैं सिङ्गो राष्ट्रिय राजनीतिमा पनि आफ्नो एउटा अलग र राम्रो छवि बनाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.