१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीबाट १० हजार ४२१ विधार्थी एसइइ परीक्षामा सहभागी हुने – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीबाट १० हजार ४२१ विधार्थी एसइइ परीक्षामा सहभागी हुने

सर्लाही,७ वैशाख । माध्यमिक शिक्षा परीक्षा (एसइइ), २०७८ सञ्चालन तथा व्यवस्थापनका लागि केन्द्राध्यक्षहरूसँगको १ दिने अभिमुखीकरण कार्यक्रम ४७ बुदें आचारसंहिता जारी गर्दै सम्पन्न भएको छ ।

२०७८ सालको कक्षा १० को अन्त्यमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)लाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनीय, र भय रहित बातावरणमा सुसम्पन्न गर्न आचारसंहिता जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, सर्लाहीको सभा हलमा शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा भएको केन्द्राध्यक्षसँगको १ दिने अभिमुखीकरणमा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको इकाइ कार्यालयले बताए ।

कोभिड–१९ को महामारी साम्य भएपछि भौतिक रूपमै परीक्षा सञ्चालन गर्न लागिएको यो पहिलो पटक हो ।

यही बैशाख ०९ गतेदेखि २० गतेसम्म संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा सर्लाहीमा जिल्ला भरका १० हजार ४२१ जना विद्यार्थी सहभागी हुने भएको छ । जसमध्ये ५ हजार ३ सय ३८ जना छात्रा र ५ हजार ८३ जना छात्र रहेका छन । यसैगरी नियमित तर्फ १० हजार ३सय१ र ग्रेडवृद्धि तर्फ १ सयब२० जना रहेका छन । जिल्लाका ९५ सामुदायिक र ४३ संस्थागत गरि जम्मा १ सय ३८ माध्यमिक विधालयका विधार्थीहरू परीक्षामा सहभागी हुदैछ । जसमध्ये प्राविधिकधार तर्फका ३सय९, खुला विधालयका ५५ र गृहणी विधालयका १८ जना विधार्थीहरू रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका निमित्त इकाइ प्रमुख सुनिल कुशवाहाले जानकारी दिए । उनले यस वर्ष पनि दृष्ट्रिविहिन विद्यार्थी परीक्षामा सहभागी हुने बताए ।

कुशवाहाका अनुसार जिल्ला परीक्षा समन्वय समितिबाट केन्द्राध्यक्ष तोकिएको र केन्द्राध्यक्षको यस अभिमुखीकरणले एसइइ परीक्षा सञ्चालन व्यवस्थापन र सम्पादनमा ठूलो सहयोग पुग्ने बताए । उनले अभिमुखीकरणबाट परीक्षा सञ्चालन, व्यवस्थापन र सम्पादनमा सहजता हुने अपेक्षा राखे ।

परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका जिल्लामा आइसकेको र बैशाख ८ गते भित्र सबै केन्द्रमा पुर्याइ सकिने कुशवाहाले बताए । जिल्लामा ३६ वटा परीक्षा केन्द्र रहेका छन भने प्राविधिक धारको परीक्षा सदरमुकाममा रहेको श्रीमती कृष्णादेवी माविबाट मात्र संचालन हुनेछ बताइएको छ ।

विगतको वर्ष झै यस वर्ष पनि परीक्षा केन्द्र रहेको सम्बन्धित विधालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षमा नियुक्ति गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष गरि जम्मा ३६ जना केन्द्राध्यक्ष, विधार्थी संख्याको आधारमा ७३ जना सहायक केन्द्राध्यक्ष, ५ सय २२ जना निरीक्षक, १ सय ३ जना परीक्षा सहायक , २ सय १० जना विधालय सहभागी र प्रतिकेन्द्र १५ जना सुरक्षाकर्मी खटिनेछ ।

अभिमुखीकरणमा केन्द्राध्यक्षहरूबाट राखिएको जिज्ञासा नेपाल प्रहरीका प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ र जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रजिअ थानेश्वर गौतमबाट स्पष्ट गरिएको थियो । प्रजिअ गौतमले परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनीय र भय रहित बनाउनमा केन्द्राध्यक्षको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले राम्रो कामका लागि केन्द्राध्यक्षले उठाउने कदममा सहयोग रहने बताए । आसन्न चुनावको बेला हुन गई रहेको एसइइ परीक्षालाई शान्तिपूर्ण बनाउन प्रशासन र सुरक्षाकर्मीको साथ सहयोग रहने गाैतमले भने ।

यसअघि कोभिड–१९ को संक्रमण बढेपछि दुई पटक एसइइ आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । यस वर्ष देशभर ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्, जसमा नियमिततर्फ चार लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ परीक्षार्थी एसइइमा सहभागी हुनेछन ।

यसै वर्षदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइइमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनैपर्ने प्रावधान हटाएको छ । भने सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ । विगतमा सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्ण अङ्क समेत ल्याउन नसक्ने परीक्षार्थीले पनि प्रयोगात्मकतर्फ उच्च अङ्क ल्याउने गरेको र यसले समग्र नतिजाको ग्रेडिङ गर्दा उच्च स्थानमा पार्न सहयोग पुर्याउने गरेको थियो ।

परीक्षा यही बैशाख ०९ गतेबाट शुरू भएर बैशाख २० गते सकिनेछ । परीक्षा विहान ८:०० बजेबाट शुरू हुनेछ ।

अभिमुखीकरणमा जिल्ला परीक्षा समन्वय समिति, सर्लाहीका अध्यक्ष एवं प्रजिअ थानेश्वर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारी, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, उप अनुसन्धान निर्देशक चन्दन झा, निमित्त इकाइ प्रमुख सुनिल कुशवाहा, नासु दिपकराज काफ्ले, लेजोसं अनिल कुमार साह र केन्द्राध्यक्षहरूको उपस्थिति रहेको थियोे ।

अभिमुखीकरण जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रजिअ थानेश्वर गौतमको अध्यक्षमा भएको थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.