१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा आज देखि एसइई परीक्षा हुदैं, १० हजार ४२१ विद्यार्थी सहभागी – Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

सर्लाहीमा आज देखि एसइई परीक्षा हुदैं, १० हजार ४२१ विद्यार्थी सहभागी

सर्लाही,९ वैशाख । सर्लाहीमा आज बाट माध्यमिक शिक्षा परीक्षा(एसइई) सुरु भएको छ । सर्लाहीबाट १० हजार ४ सय २१ जना विद्यार्थी एसइईमा सहभागी भएका छन् । जसमध्ये ५ हजार ३ सय ३८ जना छात्रा र ५ हजार ८३ जना छात्र रहेका छन् । यसैगरी नियमिततर्फ १० हजार ३ सय १ र ग्रेड वृद्धि तर्फ १ सय २० जना रहेका छन् । जिल्लाका ९५ सामुदायिक र ४३ संस्थागत गरी जम्मा १ सय ३८ माध्यमिक विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी हुदैछ । जसमध्ये प्राविधिक धार तर्फका ३ सय ९, खुला विद्यालयका ५५ र गृहिणी विद्यालयका १८ जना विद्यार्थीहरू रहेको शिक्षा विकास तथा समन्वय इकाई, सर्लाहीका निमित्त इकाई प्रमुख सुनिल कुशवाहाले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष पनि दृष्टिविहीन विद्यार्थी परीक्षामा सहभागी हुने बताउनुभयो । उहाँका अनुसार जिल्ला परीक्षा समन्वय समितिबाट केन्द्राध्यक्ष तोकिएको र केन्द्राध्यक्षको यस अभिमुखीकरणले एसइई परीक्षा सञ्चालन व्यवस्थापन र सम्पादनमा ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले अभिमुखीकरणबाट परीक्षा सञ्चालन, व्यवस्थापन र सम्पादनमा सहजता हुने अपेक्षा राख्नुभयो ।परीक्षाका लागि आवश्यक प्रश्न पत्र, उत्तर पुस्तिका जिल्लामा आइसकेको र सबै केन्द्रमा पु¥याइसकिएको कुशवाहाले बताउनुभयो । जिल्लामा ३६ वटा परीक्षा केन्द्र रहेका छन् भने प्राविधिक धारको परीक्षा सदरमुकाममा रहेको श्रीमती कृष्णादेवी माविबाट मात्र सञ्चालन हुनेछ बताइएको छ ।

विगतको वर्ष झैँ यस वर्ष पनि परीक्षा केन्द्र रहेको सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्राध्यक्षमा नियुक्ति गरिएको छ । परीक्षामा प्रतिकेन्द्र एक जना केन्द्राध्यक्ष गरी जम्मा ३६ जना केन्द्राध्यक्ष, विद्यार्थी सङ्ख्याको आधारमा ७३ जना सहायक केन्द्राध्यक्ष, ५ सय २२ जना निरीक्षक, १ सय ३ जना परीक्षा सहायक , २ सय १० जना विद्यालय सहभागी र प्रतिकेन्द्र १५ जना सुरक्षाकर्मी खटिनेछ । यसअघि, कोभिड–१९ को संक्रमण बढेपछि दुई पटक एसइई आन्तरिक मूल्याङ्कनबाटै सम्पन्न गरिएको थियो । यस वर्ष देशभर ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन्, जसमा नियमिततर्फ चार लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ परीक्षार्थी एसइईमा सहभागी हुनेछन् ।यसै वर्षदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइईमा सहभागी हुन परीक्षार्थीको उमेर १४ वर्ष पूरा हुनै पर्ने प्रावधान हटाएको छ ।

भने सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फ समग्रमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरेको छ । विगतमा सैद्धान्तिकतर्फ न्यूनतम उत्तीर्ण अङ्क समेत ल्याउन नसक्ने परीक्षार्थीले पनि प्रयोगात्मकतर्फ उच्च अङ्क ल्याउने गरेको र यसले समग्र नतिजाको ग्रेडिङ गर्दा उच्च स्थानमा पार्न सहयोग पु¥याउने गरेको थियो ।परीक्षा यही वैशाख ०९ गते अर्थात् भोलि शुक्रवारबाट सुरु भई वैशाख २० गते सकिनेछ । परीक्षा बिहान ८ः०० बजेबाट सुरु हुनेछ ।

परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ ।प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्ने छ । बोर्डले साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसइईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएका छौँ ।कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभाव भएपछि चैत महिनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिक सत्र सुरु गर्ने गरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.