१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
कुमार पौडेलको श्रीमतीले दिईन् बागमती नगरपालिकाको मेयर पदमा उमेदवारी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

कुमार पौडेलको श्रीमतीले दिईन् बागमती नगरपालिकाको मेयर पदमा उमेदवारी

बागमती,११ वैशाख। श्रीमानको अधुरो सपना पूरा गर्न भन्दै स्वर्गीय कुमार पौडेलकी श्रीमती धन कुमारी खड्का पौडेल(कला)ले सर्लाहीको बागमती नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएकी छन् ।

विप्लप नेतृत्वको नेकपाका तत्कालीन सर्लाही इन्चार्ज स्वर्गिय पौडेलको श्रीमती धन कुमारीले परिवारका अन्य सदस्य तथा विप्लप नेकपाका नेता कार्यकर्तासहित नगरपालिका पुगेर पहिलो नम्बरमै मेयर पदमा उमेदवारी दर्ता गराएकी हुन् ।

शोषित, पीडित जनताका लागि लड्दै राज्यकै दमणका कारण श्रीमान मारिएपछि श्रीमानको अधुरो सपना पूरा गर्न आफूले मेयर पदमा उमेदवारी दिएको पौडेलकी श्रीमतीले बताईन् । धन कुमारीको प्रस्तावकमा स्थानीय तारा बहादुर रायमाझी र समर्थकमा इन्द्रमान वाईवा रहेका छन् ।
स्वर्गिय पौडेलका भाई हरिकृष्ण पौडेलले पनि भाउजू धनकुमारीले उमेदवारी दर्ता गराएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । पौडेलको अपुरो काम पूरा गर्ने बाचा धनकुमारीले मेयरमा उमेदवारी दिएकोले बागमतीका न्यायप्रेमी जनताले साथ र सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

स्वर्गिय पौडेलकी दिदी लक्ष्मी पौडेलले पनि सामाजिक सञ्जाल मार्फत नै कुमार पौडेलकी श्रीमतीलाई मतदान गर्न आव्हान गरेकी छन् । उनले लेखेकी छन्,‘शोषित, पिडित जनताको मुक्तिलागि लड्दा लड्दै मेरो भाइले आफ्नो जीवन गुमान पर्यो । बृद्ध बाबा आमाले साहरा गमाउन पर्यो । मेरि बुहारिले आफ्नो संसार गुमानु पर्यो । भदा भदैनीले अभिभावक र हामीले हाम्रो भाइ गुमाउन पर्यो । भाइले देखेको सपना पूरा गर्न आज मेरि बुहारी मैदानमा आउदै गर्दा सम्पुर्ण न्यायप्रेमी आमाबुवा, दाजुभाई, दिदीबैनी साथी सङ्गी इष्टमित्रमा मेरो बिनम्र अनुरोध एक चोटि मेरि बुहारीलाई साथ दिनु होला ।’

स्वर्गिय पौडेलकी श्रीमतीको उमेदवारी पहिलो नम्बरमै दर्ता भएको निर्वाचन अधिकृत विकाउ यादवले जानकारी दिए । उनले उमेदवारी दर्ताको पहिलो दिन पौडेलकी श्रीमतीसहित बागमती नगरपालिकाको मेयरमा स्वतन्त्रबाट ६÷७ जनाको उमेदवारी दर्ता भएको बताए ।

यसैबीच, आसन्न स्थानीय तहको निर्वाचनमा सहभागि नहुने भनेको विप्लप नेतृत्वको नेकपाले पनि स्वर्गिय कुमार पौडेलको श्रीमतीलाई मेयरमा जिताउन सहयोग र समर्थन गर्ने जनाएको छ । ‘हामीले यो निर्वाचनमा सहभागि नहुने भने पनि एमसिसीको विरोधी र देशभक्त उमेदवारहरुलाई सहयोग र समर्थन गर्ने पार्टीको निर्णय छ’, विप्लप नेकपाका सर्लाही महोत्तरी विशेष समिति सेक्रेटरी पवन महतोले भने,‘सोही अनुसार आज हामी सहिद परिवार धनकुमारीको उमेदवारी दर्ता पक्रियामा पनि सामेल भएका हौं ।’

त्यस्तै सो पार्टीको सर्लाही जिल्ला सचिवालय सदस्य बिचारमान थिङले भ्रष्टाचार, तस्करी, प्राकृतिक श्रोत दोहनका बिरुद्ध, गरिब, सुकुम्वासि किसान मजदुरको हकहितका लागी धनकुमारीले मेयद पदका लागी स्वतन्त्र उम्मेदवारि दर्ता गरेको र आफ्नो पार्टीले सहयोग गरेको बताए । उनले धनकुमारीले लगभग जित्ने सम्भावना रहेको दाबी समेत गरे ।

पौडेल २०७६ असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर–दक्षिण बाटोमा प्रहरीको गोलीबाट मारिएका थिए । घटनाको सम्बन्धमा अदालतमा मुद्धा चलिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.