१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
काँग्रेस केन्द्रीय कार्यालयले अधिकारीको नाम उमेदवारी सूचिबाट हटाउन पत्र लेखे पनि ढिला पत्र आएको भन्दै अन्तिम नामावलीमा नाम प्रकाशन – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

काँग्रेस केन्द्रीय कार्यालयले अधिकारीको नाम उमेदवारी सूचिबाट हटाउन पत्र लेखे पनि ढिला पत्र आएको भन्दै अन्तिम नामावलीमा नाम प्रकाशन

लालबन्दी,१६वैशाख । सर्लाहीको लालबन्दीमा मेयर पदका उमेदबार काँग्रेस नेता बासु अधिकारीको उमेदवारी फिर्ता भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयले निर्वाचन अधिकृतको कार्यालयलाई एक पत्र लेख्दै नेपाली काँग्रेसबाट मेयरमा मनोनयन दर्ता गराएका नेता अधिकारीको उमेदवारी फिर्ता गराएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सर्लाहीको लालबन्दी नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस पार्टीका तर्फबाट उम्मेदवारको मनोनयन दर्ता गराएका बासुदेव अधिकारीकाको उमेदवारी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३(५) बमोजिम फिर्ता लिइएको छ । तसर्थ निजको उमेदवारी सूचिबाट हटाई दिनु हुन अनुरोध गरिन्छ ।’

यता निर्वाचन अधिकृतको कार्यालयले भने अधिकारीको उमेदवारी फिर्ता नभएको जानकारी दिएको छ । निर्वाचन अधिकृत उपन्यायधिवक्ता विनोदलाल श्रेष्ठले मेयर पदका उमेदवार अधिकारीको उमेदवारी फिर्ता नभएको बताए । ‘उहाँको उमेदवारी फिर्ता भएको सम्बन्धी पत्र ढिलो गरी प्राप्त भएकोले उहाँको नाम अन्तिम नामावलीमा प्रकाशन भई सकेको छ ।’

निर्वाचन अधिकृत श्रेष्ठले भने,‘निर्वाचन कार्यतालिका अनुसार हामीले ५ देखि ६ बजे भित्र हामीले अन्तिम नामावली प्रकाशन गर्नु पर्ने हुन्छ, सो अनुसार हामीले अन्तिम नामावली प्रकाशन गरि सकेका छौं ।’

पत्र ढिलो गरी प्राप्त भएकोले अधिकारीको उमेदवारी फिर्ता भएको नमानिने निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
अधिकारीको उमेदवारी फिर्ता लिएको सम्बन्धी पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कतिपयले यसलाई फेक पत्र भने पनि पत्र आधिकारीक भएको नेपाली काँग्रेस सर्लाहीका उपसभापति नबीन अधिकारीले बताए । ‘पत्र हेरेपछि मैले केन्द्रीय कार्यालयमै फोन गरेर बुझ्दा त्यो पत्र आधिकारीक भएको जानकारी पाएँ,’ उपसभापति अधिकारीले भने ।

यता अधिकारीको उमेदवारी फिर्ताको विषयलाई लिएर काँग्रेस कार्यकर्ताले लालबन्दीमा निर्वाचन अधिकृतको कार्यालय अगाडी नाराबाजी गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.