१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहटमा (एमाले) ले निर्वाचन केन्द्रीत गतिविधि बढायो – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

रौतहटमा (एमाले) ले निर्वाचन केन्द्रीत गतिविधि बढायो

रौतहट,१६ वैशाख ।प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन केन्द्रीत गतिविधि तिब्र बनाएको छ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मेयरको उम्मेदवार रहेका विजय यादव निर्विजले बिभिन्न कमिटी गठन गरी निर्वाचन गतिविधिलाई तिब्रता दिएका छन् ।

साहित्यकार तथा कलाकार समेत रहेका यादवले आज जनपरिचालन कमिटी, प्रचारप्रसार कमिटी, युवा, विद्यार्थी, महिला लगायतका बिभिन्न कमिटीहरु गठन गरेका छन् । शनिबारदेखी घरदैलो कार्यक्रम गर्नभन्दा अघि उनी बिभिन्न कमिटीहरु गठन गरेका हुन् ।

जनपरिचालन कमिटीको संयोजकमा उमाकान्त दाहाल, प्रचारप्रसार कमिटीमा विष्णु श्रेष्ठ रहेका छन् । फतुवा बिजयपुर नगरपालिकाको वडा नं. ३ र ४ मा भोली घरदैलो कार्यक्रम रहेको प्रचार प्रसार समितिका संयोजक श्रेष्ठले बताए ।

जनसांस्कृतिक महासंघका केन्द्रीय सचिव एवं मधेस प्रदेशका इन्चार्ज समेत रहेका यादव एमाले स्थायी कमिटीका सदस्य एवं पूर्व मन्त्री प्रभु साहको स्वकीय सचिवको रुपमा काम गर्दै आएका छन् ।

यादवको बज्जिका भाषामा उपन्यास पनि प्रकाशित भएको छ । भोजपुरी भाषाका गायक समेत रहेका यादव बिभिन्न फिल्ममा अभिनय समेत गरेका छन् । अभिनय विषयमा स्नातक गरेका यादवले कलाकारिता र राजनीतिलाई सँगसँगै अगाडि बढाएका छन् । २५ वर्षीय अविवाहित कलाकार समेत रहेका यादव एक परिचित कलाकारका साथै स्थानीय राजनीतिमा लोकप्रिय समेत रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.