१२ चैत्र २०८०, सोमबार | Email:- [email protected] | [email protected]
चन्द्रनगरमा कांग्रेसका उम्मेदवार राजकुमार महतोकै अग्रता – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

चन्द्रनगरमा कांग्रेसका उम्मेदवार राजकुमार महतोकै अग्रता

राकेश गुप्ता
सर्लाही,३ जेठ ।सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस बाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोकै अग्रता रहेको छ ।चन्द्रनगर गाउँपालिकामा मुख्यत नेपाली कांग्रेस, माओवादी केन्द्र र लोकतान्त्रिक पार्टी(लोसपा) को प्रतिस्पर्धा भैरहेको छ ।

चन्द्रनगरमा हालसम्मको मत गणना परिणाम अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसकाका उम्मेदवार राजकुमार महतोले २९१४ मत प्राप्त गरेको छ भने महतोको निकटतम् प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार महेन्द्र महतोले २०२२ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्र मुखियाले १८८० मत प्राप्त गरेको छ ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार गिता देवी महतोले २४६३ मत प्राप्त गरी अग्रता कायम गरेको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार कुन्ति देवी साहले भने २०३२ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसको उपाध्यक्ष पदका उम्मेदवार मञ्जु सिंहले भने १९७८ मत प्राप्त गरेको चन्द्रनगरका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिनुभयो ।

चन्द्रनगरको ४ वटा वडाको मत परिणाम अनुसार भने चन्द्रनगर १ र २ मा नेपाली कांग्रेस, ३ नं. मा नेकपा माओवादी र वडा नं. ४ भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.