१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ३९ वडाको नतिजा सार्वजनिक (सूची सहित) – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

सर्लाहीमा ३९ वडाको नतिजा सार्वजनिक (सूची सहित)

सर्लाही,१ जेठ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत सर्लाहीमा शुक्रबार राति देखि नै मतगणना सुरु भएको थियो । जसमा आइतबार साँझसम्म ३९ वटा वडाको अन्तिम नतिजा बाहिर आएको हो ।

जिल्लाका विभिन्न पालिकाहरुबाट प्राप्त विवरण अनुसार हालसम्म नेपाली काँग्रेसले सबैभन्दा धेरै वडाहरुमा विजय हासिल गरेको छ । काँग्रेसले अधिकांश पालिकाहरुमा मेयर उपमेयरमा पनि अग्रता लिईरहेको छ । काँग्रेसले जिल्लाको हरिपूर्वा, चन्द्रनगर, लालबन्दी, मलंगवा, पर्सा, ब्रह्मपुरी, धनकौल लगायतका पालिकाहरुमा मेयर उपमेयरमा लिड गरिरहेको हो ।

काँग्रेसले मलंगवा नगरपालिका १ बाट खाता खोलेको हो भने त्यसपछि पर्सा १, हरिपूर्वा १ हुँदै हालसम्म १५ वटा वडामा विजय हासिल गरेको छ । त्यस्तै लालबन्दी नगरपालिकाको ३ र ४, हरिवन नगरपालिकाको १, २ र ४, हरिपूर्वा नगरपालिकाको ४, धनकौल गाउँपालिकाको १ र २, ब्रह्मपुरी गाउँपालिकाको ६, बलरा नगरपालिकाको १, चन्द्रनगर गाउँपालिकाको १ र २ र रामनगर गाउँपालिकाको ७ मा नेपाली कांग्रेसका उम्मेदवारहरु वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यसैगरी जिल्लाका विभिन्न पालिकाका नौ वटा वडामा जित हासिल गर्दै नेकपा माओवादी केन्द्र दोश्रो स्थानमा छ । माओवादी केन्द्रले बागमती नगरपालिकाको १ र २, बलरा नगरपालिकाको १० र ११, चक्रघट्टा गाउँपालिकाको १, रामनगर गाउँपालिकाको १, हरिपुर नगरपालिकाको १ र गोडैता नगरपालिकाको १ र लालबन्दी नगरपालिकाको १ मा विजय हासिल गरेको छ ।

त्यस्तै नेकपा एमालेले जिल्लाका विभिन्न पालिकाका गरी पाँचवटा वडामा वडा अध्यक्ष जितेको छ । एमालेले मलंगवा २ बाट खाता खोलेको हो भने हरिवन नगरपालिका ३, हरिपुर नगरपालिका २, ईश्वरपुर नगरपालिका १, र धनकौल गाउँपालिका ३ मा जितेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समान तीन/तीन ओटा वडामा जित निकालेका छन् ।

एकीकृत समाजवादीले हरिपुर नगरपालिका ८ र ९ तथा पर्सा गाउँपालिका २ मा जित निकोलेको छ भने जनता समाजवादी पार्टीले हरिपूर्वा नगरपालिका ३, विष्णु गाउँपालिका ८ र बसबरिया गाउँपालिका १ मा जित निकालेको छ ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने गोडैता नगरपालिका १२, हरिपूर्वा नगरपालिका २ र विष्णु गाउँपालिकाको १ मा जित निकालेको छ ।सर्लाहीमा २० पालिकामध्ये बरहथवा नगरपालिका बाहेक अहिले १९ ओटा पालिकाहरुमा मतगणना भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.