१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महिला प्रहरी टोलीले शान्तिपुर्ण तरिकाले मतदान गराउन सफल – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

महिला प्रहरी टोलीले शान्तिपुर्ण तरिकाले मतदान गराउन सफल

सर्लाही,१ जेठ । सर्लाहीको मलंग्वामा नगरपालिकामा महिला प्रहरी टोलीले नै शान्तिपुणर् तरिकाले मतदान गराउन सफल भएको छ । जिल्लाको अधिकांश ठाउँमा पुरुष महिला प्रहरीको मिश्रणले निर्वाचनमा खटि शान्ती सुरक्षा दिएको थियो ।

तर सर्लाहीको सदरमुकाम मलंग्वा नगरपालिका वडा नं. ८ स्थित मोहर सिंह धर्मशाला मतदान केन्द्रमा प्रहरी सहायक निरिक्षक पुजा मिश्रको कमाण्डमा शान्तिपुणर् रुपमा समय सिमा भित्र मतदान समपन्न भएको हो । महिला प्रहरी टोलीहरुको यो उदाहरणीय कार्य हो भनी ति मतदान केन्द्रका मतदाताहरुले प्रशंसा नै गरेका थिए ।

मलंगवा न.पा. वडा नं. ८ मा १३ सय ९५ मतदाता रहेको केन्द्रमा जम्मा ९ सय ६३ मत खसेको थियो । उक्त मतदान केन्द्रमा प्रहरी सहायक निरिक्षक पुजा मिश्र साथै ३ जना प्रहरी हवलदार सहित ७ जना म्यादी प्रहरी गरी ११ जना महिला प्रहरीको टोलीले सकुशल शान्ति शुरक्षा प्रदान गर्दै नमुना मतदान केन्द्र बनाई मतदान समपन्न गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.