१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
हरिवन नगरपालिका को चार स्वास्थ्यचौकी बाट एकसाथ कोभिड बिरुद्द को जोनसोन खोप दिइने – Nigrani Today
Uncategorized

हरिवन नगरपालिका को चार स्वास्थ्यचौकी बाट एकसाथ कोभिड बिरुद्द को जोनसोन खोप दिइने

हरिवन नगरपालिका को चार स्वास्थ्यचौकि बाट कोभिड बिरुद्द को जेन्सेन भ्याक्सिन दिईने ।
श्रावण १०
हरिवन
प्रेमनाथपौडेल
कोभिड प्रतिरोधात्मक झमताको खोप जोनसोन एन्ड जोनसोन हरिवन नगरपालिकाले अब एकसाथ चार वटा स्वास्थ्यचौकि मार्फत दिने भएको छ ।
श्रावण ८गते जिल्ला स्वास्थ्यकार्यालय ले हरिवन नगरपालिका स्वास्थ्यशाखा लाई परिपत्र गरे अनुसार यहि आउदो श्रावण ११गते सोमबार र १२गते मंगलबार का दिन बिश्व स्वास्थ्यसंगठन ले प्रमाणित गरेको बिश्वसनिय र गुणस्तरीय एक डोज खोप लाए मात्र हुने जोनसोन एन्ड जोनसोन कम्पनी को कोभिड बिरुद्दको भ्याक्सिन खोप नागरिक लाई दिन लागेको हो ।
नगर स्वास्थ्यशाखा सह संयोजक रामबाबु चौधरि ले जानकारि दिए अनुसार यस अघि कुनै खोप नलगाएका ५०देखि ५४उमेर बर्ष समुह का सबै नागरिक ,पुर्ण अपाङ्ग अति असक्त ,दिर्घरोगि ,स्वास्थ्यकर्मि सुरक्षाकर्मि नेपाल भित्र बसोबास गरेका शरणार्थी र बिदेश जान भिषा लागेका १८बर्ष माथि का हरुले पनि उमेर खुल्ने र भिषा को फोटोकपि पेश गरेमा खोप लिन सक्ने बताएका छन ।
खोप हरिवन नगरपालिका अन्तरगत साबिक सासापुर को सासापुर स्वास्थ्यचौकि अस्थायी कोभिड अस्पताल गणेश चौक ,अत्रौलि स्वास्थ्यचौकि अत्रौलि ,घुर्कौलि स्वास्थ्यचौकि र हरिवन स्वास्थ्यचौकि प्रसुतिगृह बाट दिईने हुदा आफु लाई पायक पर्ने स्वास्थ्यसंस्था बाट खोप लिन पनि नगर स्वास्थ्यशाखा ले नगरबासि मा अपिल गरेको छ ।
खोप ११र १२गते बिहान १०बजे देखि दिउसो चार बजे सम्म संचालन हुने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.