१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
समाजवादी प्रेस संगठन मधेस प्रदेशको अध्यक्षमा साह निर्वाचित – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

समाजवादी प्रेस संगठन मधेस प्रदेशको अध्यक्षमा साह निर्वाचित

जनकपुरधाम ३०साउन।समाजवादी प्रेस संगठन नेपालको मधेस प्रदेश अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा प्रविन साह निर्वाचित भएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न प्रथम अधिवेशनले साहको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षद्धयमा प्रबिण शर्मा र प्रकृति अधिकारी, सचीवमा रमेश सुवेदी, सह–सचीवमा प्रमोद चालिसे र कोषाध्यक्ष राम पुकार यादव पनि सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी सदस्यहरुमा मधेस प्रदेशको आठ वटै जिल्लाका जिल्ला अध्यक्षहरुका साथै सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता, बिनोद पटेल लगायतका रहेका छन् ।

अधिवेशनको उदघाटन नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशको इन्चार्ज धर्मनाथ साहले गरेका थिए । अधिवेशनको उदघाटन गर्दै उपाध्यक्ष साहले स्वच्छ, निष्पक्ष तथा तथ्य सहितको पत्रकारिता गर्नुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।

कार्यक्रममा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले विचार विनाको पत्रकारिताको कल्पना समेत गर्न नसकिने बताउदै समाजवादीका पत्रकारहरुले समेत सैद्धान्तिक, बैचारिक रुपमा प्रशिक्षित हुनुपर्नेमा जोड दिए । अहिले विश्वको पत्रकारिता नै बिचारको आधारमा रहेको बताउदै उनले बिचार बिनाको पत्रकारिताको कल्पना समेत गर्न नसकिने बताए ।

एकीकृत समाजवादीका सचिव नागेन्द्र चौधरीले पत्रकारहरु समेत अध्ययन गर्नुपर्ने बताए । अहिलेको अवस्थामा देखिएको पत्रकारिताको भित्रको बिकृति अन्त्य हुनुपर्ने बताउदै उनले पत्रकारहरुले समेत आफ्नो दक्षता बढाउन अध्ययन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य, श्रीप्रसाद साह, स्थायी कमिटीका सदस्य एवं मधेस प्रदेशका वन, पर्यटन मन्त्री सत्रुधन महतो, मधेस प्रदेश कमिटीका अध्यक्ष रामचन्द्र यादव, उपाध्यक्ष रामचन्द्र साह, सचिव सुधिर साह, केन्द्रीय सदस्य चमिना भट्टराई, प्रचार विभागका सचिव प्रकाश खतिवडा, सदस्य कृतु भण्डारीको विशेष सहभागिता रहेको थियो ।

यसैगरी समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, जनकपुर बृहत विकास कोषका अध्यक्ष शितल साह, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, महासचिव भूपराज खडका, उपमासचिव रामकुमार एलन, नेपाल पत्रकार महासंघका सचिव गोबिन्द चौलागाई, संगठनका सचिव एवं मधेस प्रदेशका इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साह, सहइन्चार्ज राघव साह लगायतको विशेष सहभागिता रहेको थियो ।

संगठनका संयोजक बृजलाल पासवानको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा आठ वटै जिल्लाबाट प्रतिनिधिहरुका साथै मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने संगठनका संस्थापक केन्द्रीय सदस्यहरुको समेत सहभागि रहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.