१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
पर्सा गाउँपालिकामा पनि कांग्रेसकै अध्यक्ष, उपाध्यक्ष विजयी,७ पालिकामा कांग्रेसकै जित – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

पर्सा गाउँपालिकामा पनि कांग्रेसकै अध्यक्ष, उपाध्यक्ष विजयी,७ पालिकामा कांग्रेसकै जित

सर्लाही,४ जेठ । सर्लाहीको पर्सा गाउँपालिकामा पनि नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित हुनु भएको छ ।

अध्यक्ष रायले २४६६ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार दिनेश कुमार यादवले १८५८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा कांग्रेसकै नुतन देवीले २०३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार नसरुल खातुले १९४१ मत प्राप्त गर्नुभएको पर्सा गाउँपालिकाका निर्वाचन अधिकृत संतोष कुमार झाले जानकारी दिनुभयो ।

पर्सा सँगै सर्लाहीमा नेपाली कांग्रेसले हरिपुर, धनकौल,कौडेना,ब्रह्म्पुरी, हरिपुर्वा र विष्णु गाउँपालिका गरी ७ पालिका जितेको छ भने रामनगर गाउँपालिका र बलरा नगरपालिका गरी दुई वटा पालिका माओवादी केन्द्रले जितेको छ । सर्लाहीको २० पालिका मध्ये ९ पालिकाको नतिजा सार्वजनिक भएको छ भने ११ पालिकाको नतिजा अझै सार्वजनिक हुन बाँकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.