१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अवैध साल जातको विभिन्न नापसाईजका चिरान काठ बरामद – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अवैध साल जातको विभिन्न नापसाईजका चिरान काठ बरामद

सर्लाही,३ भदौ । सर्लाहीको बरहथवा नगरपालिकामा अवैध साल जातको विभिन्न नापसाईजका चिरान काठ बरामद गरिएको छ । वडा नं. १० स्थित रहेको न्यू जय विश्वकर्मा सःमिल तथा फर्निचर उद्योग साल जातको विभिन्न नापसाईजका चिरान काठ मध्ये केही ट्याक्टरमा लोड भएको अवस्थामा र केही काठ सःमिलबाट बरामद गरिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी सःमिलबाट २ जनालाई पक्राउ गरी कार्वाही प्रक्रिया अगाडी बढाइएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । विषेश सूचनाको आधारमा डिभिजन वन कार्यालय, सर्लाही, सव–डिभिजन वन कार्यालय, मुर्तिया र सव–डिभिजन वन कार्यालय जानकीनगरबाट संयुक्त रुपमा खटि गएका गस्ती टोलीले आज अबैध काठ बरामद गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.