पर्सामा गाउँपालिका स्तरीय बाल भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सर्लाही,३ भदौ । सर्लाहीको पर्सा गाउँपालिकामा गाउँपालिका स्तरीय बाल भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्सा गाउँपालिका आयोजना तथा बागमती सेवा समाज नेपाल वल्रड भिजन ईन्टरनेसनल नेपालको सहयोगमामा संचालित कार्यक्रममा बाल क्लबका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, सर्लाही प्रहरी प्रमुख प्रविण पोखरेल, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सचिव सुनिल ठाकुर र जनप्रतिनिधिहरुसँग विभिन्न प्रश्न गरेका थिए ।
बालबालिकाहरुले बालबालिका प्रति भइरहेको दुर्वव्यवहार, दुर्वव्यवहार सम्बन्धी कानुनी व्यवस्था, बालबालिकाको लागि नगरपालिकाले आफनो बजेटमा समेटेका कुरा, लागुपदार्थ ओसार पसार, लिंगको आधारमा गरिने विभेद, बालबिवाह रोकन पालिकाले के कदम चालदै छ , दाइजो प्रथा कसरी अन्तय हुन्छ लगायतका विभिन्न प्रश्नहरु गरेका थिए । नव गठित नगर स्तरीय बाल क्लबका पदाधिकारीहरुको जवाफ प्रजिअ गौतम तथा जनप्रतिनिधिहरुले क्रमश दिएका थिए ।
जवाफकै क्रममा प्रजिअ गौतमले आफु सँग समाधान हुने हरेक समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रजिअ गौतमले बालबालिकाको प्रस्तुति प्रश्न गर्ने शैलीले मन नै छोयो, बालअधिकार जातीय बिभेदको कुरा गर्छौ तर जति मानिस छ सबै बराबर हो सबैलाई सम्मान पूर्ण बाच्ने अधिकार हुनुपर्छ ।
हामी कानुनी तथा दस्तावेजको हिसाबले कम छैन । संविधान ऐनमा लेखेको कुरा बजेट मार्फत कार्यनयन गर्नुपर्नेछ ।कानुन कार्यनयन हामी कमजोर छौ बजेट मार्फत कार्यनयन गर्नुपर्छ । हामी सबैले आवाज उठायौ भने कार्यनयन प्रजिअ गौतमले धारणा राख्नुभयो ।
यसैगरी पर्सा गाउँपालिकामा बाल क्लब संजाल समेत गठन गरिएको छ । हरेराम महतोको अध्यक्षतामा ११ सदस्य बाल क्लब संजाल गठन गरिएको छ । संजालको सचिवमा रोशनी खातुन, सह सचिवमा असमिता कुमारी , कोषाध्यक्षमा आतीस कुमार शर्मा रहेका छन ।