१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमाले सर्लाही अध्यक्ष साह क्षेत्र नम्बर २ बाट संघीय संसदको लागि सिफारिस – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिस्थानीय

एमाले सर्लाही अध्यक्ष साह क्षेत्र नम्बर २ बाट संघीय संसदको लागि सिफारिस

सर्लाही,१८ भदौ । आगामी मंसीर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि दलहरुले धमाधम उमेदवारहरुको नाम सिफारिस गर्न थालेका छन् ।
यसैक्रममा नेकपा एमालेले सर्लाही क्षेत्र नम्बर २ बाट संघीय संसदको लागि जिल्ला अध्यक्ष राजनारायणको नाम सर्वसम्मत सिफारिस गरेको छ । शनिवार दिउँसो मलंगवामा बसेको सो पार्टीको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष साहको एकल नाम सर्वसम्मत निर्णय गरी सिफारिस गरेको एमालेका यूवा नेता शमीम बाबु खानले जानकारी दिनुभयो ।
‘क्षेत्र नम्बर २ बाट अध्यक्ष राजनारायण साहको मात्रै नाम सिफारिस ग¥यौं,’ क्षेत्रीय अध्यक्ष रामनरेश मण्डल भन्नुभयो,‘सर्वसहमतिले उहाँको नाम जिल्ला कमिटी मा पठाएका छौं । बाँकी प्रदेश सभा सदस्यका लागि २२ गते फेरी क्षेत्रीय कमिटीको बैठक बसेर निर्णय गरि पठाउँछौं’
क्षेत्र नम्बर २ बा संघीय संसदमा सर्वसम्मत सिफारिस हुनुभएका अध्यष साह २०७० सालको निर्वाचनमा पनि संघीय संसदमा सोही क्षेत्रबाट उठ्नु भएको थियो । त्यसबेला उहाँ तत्कालिन तराई मधेस सदभावना पार्टीका उम्मेदवार महिन्द्रा यादवसंग झिनो मतान्तरले पराजित हुनुभएको थियो ।
यसपटक फेरी अध्यक्ष साहलाई सो क्षेत्रमा पार्टीले उमेदवार बनाउने निश्चित भएको छ । अन्य पार्टीले सो क्षेत्रमा उमेदवारको टंगो लगाई नसकेकोले साहको प्रतिष्पर्धा को सँग हुन्छ भन्ने एकिन भएको छैन ।
एमाले कार्यकर्ताहरुले भने यसपटक अध्यक्ष साहले संघीय संसदमा जित्ने दाबी गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.