१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बहुजन एकता पार्टीले प्रथम वार्षिकोत्सव मनाए – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिस्थानीय

बहुजन एकता पार्टीले प्रथम वार्षिकोत्सव मनाए

सर्लाही,१८ भदौ । बहुजन एकता पार्टी नेपाल बिधिवत दर्ता भएको आज एक वर्ष पूरा भएको छ । गत भारतका संविधान निर्माता दलितका आर्दश महापुरुष डा.भिमराव अम्बेडकरको विचारलाई स्थापित गर्दै नेपाली समाजमा बहुजन समुदायलाई शासक बनाउने उदेश्यका साथ गत वर्ष आजकै दिन निर्वाचन आयोगमा यो पार्टी दर्ता भएको थियो ।
निर्वाचन आयोगमा दर्ता भइ गएको स्थानीय तहको चुनावमा भाग समेत लिएको बहुजन एकता पार्टी नेपालले आज जिल्ला जिल्लामा वार्षिक उत्सव मनाएको छ । सर्लाहीको बरहथवामा पनि एक भव्य कार्यक्रमको आयोजना गरी सो पार्टीले बार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै सो पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन अम्बेडकरले ऐतिहासिक रुपमा बहुजन एकता पार्टीले मजदुर किसान एवं वञ्चित बहुजन समाजको गुलामीको जंजिर तोड्ने कामको सुरुवात गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘स्थानीय चुनावमा हामीले एक सिट मात्रै जिते पनि हाम्रो जित आत्मसम्मानको जित हो ।’
पार्टीका जिल्ला अध्यक्ष सुबोध कुमार हजारीको अध्यक्षतामा संपन्न कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्नुहुदै राष्ट्रिय अध्यक्ष अम्बेडकरले अबको समय बहुजन समाजको समय भएकोले आफ्नो मतको सदुपयोग गरि बञ्चित बहुजनको सरकार बनाउनका लागि कार्यकर्ताहरुलाई दिन रात मेहनत गर्न अपिल गर्नुभयो ।
प्रथम वार्षिक उत्सवको अवसरमा संगीतको क्षेत्रबाट पार्टीको बिचारधारा प्रचार प्रसारमा सहयोग गर्ने सम्यक संगित कला परिषदका कलाकारहरुलाई सम्मान समेत गरिएको थियो । बार्षिकोत्सवका अवसरमा कला परिषदका अध्यक्ष उदय सहनी, सकुर भाट, दिपक महतो, आसलाल मण्डललगायत कलाकारहरु सम्मानित हुनुभएको छ । कार्यक्रमलाई पार्टीका केन्द्रिय नेताहरु जितेन्द्र राम, जितेन्द्र साह, विश्वनाथ सहनी, जिल्ला नेताहरु श्याम किशोर गुप्ता, सलिम अन्सारी, दिपक महतो, ठूलो राम, पनिलाल दास, अर्बिन्द बैठा, बिन्देश्वर धनकारलगायतकाले सम्बोधन गर्नुभएको थियो ।
जिल्ला सदस्य बैधनाथ राम सञ्चालन गर्नुभएको कार्यक्रममा सर्लाही जिल्ला भरी बाट बहुजन एकता पार्टी नेपालका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.