१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
श्रमदान गर्ने अभियान अन्तर्गत मन्दिर सफाईमा जुटे नगर प्रमुख बुढाथोकी – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

श्रमदान गर्ने अभियान अन्तर्गत मन्दिर सफाईमा जुटे नगर प्रमुख बुढाथोकी

सर्लाही,१८ भदौ ।सार्वजनिक स्थानमा श्रमदान गर्ने अभियान अन्तर्गत सर्लाहीको हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले आज हरिवन ४ स्थित ऐतिहासिक गणेश मन्दिरको सरसफाई गरी श्रमदान गर्नुभएको छ ।
गएको शनिवार सोही वडाको सासापुर स्वास्थ्य चौकी परिसरको सरसफाई गरी श्रमदान गर्नुभएका मेयर बुढाथोकीले आज पटौनास्थित ऐतिहासिक गणेश मन्दिर परिसरको सरसफाई गर्नुभएको हो । यो सँगै अभियान सुरु भएको सातौं हप्ता भएको छ ।
मन्दिर परिसरको सरफाई कार्यक्रम पछि बोल्नुहुँदै मेयर बुढाथोकीले विकासका काममा जनतालाई अपनत्व होस् भन्ने सोचेर आफूहरुले सार्वजनिक स्थानमा श्रमदान गर्ने अभियान सुरु गरेको बताउनुभयो । उहाँले सार्वजनिक स्थानमा गरिने श्रमदानले राम्रो सन्देश दिने र श्रमदान गर्न सर्वसाधारणलाई समेत प्रेरित गर्ने बताउनुभयो । उहाँले घरअगाडिको ग्राभेल ल्याएर आफ्नो आँगनमा हाल्ने र बाटो राम्रो भएन भनेर नेतालाई गाली गर्ने प्रवृति मौलाउँदै गएको बताउनुभयो । उहाँले घर अगाडि फोहोर फालेर नगरपालिकाले सफा गरेन भन्ने परिपाटी तोड्न समेत सार्वजनिक स्थानमा श्रमदान अभियानले सहयोग गर्ने बताउनुभयो । उहाँले गणेश मन्दिर र पटौनाको विकासका लागि नगरपालिकाले विभिन्न योजनाहरु बनाएर काम गर्ने बताउनुभयो ।
त्यस्तै हरिवन ४ का वडाअध्यक्ष केशवराज थापा(बाबु)ले गणेश मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न एक वर्ष निःस्वार्थ उत्साहजनक जनश्रमदानमा जुटीदिन वडावासीलाई आग्रह गर्नुभयो ।
मन्दिर परिसरको सरसफाईमा मेयर बुढाथोकी, वडा अध्यक्ष थापासहित हाम्रो कृषि सहकारी संस्थाका अध्यक्ष तिलक बहादुर खड्का, नगरपालिकाका अन्य जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.