१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
भवानीपुरमा ८ सय ६५ जनालाई ग्यास चुल्हा सेट वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

भवानीपुरमा ८ सय ६५ जनालाई ग्यास चुल्हा सेट वितरण

सर्लाही,१८ भदौ । सर्लाहीको बसवरीया गाउँपालिका वडा नं. ३ भवानीपुरमा ८ सय ६५ जना स्थानियहरुलाई ग्यास चुल्हा सेट वितरण गरिएको छ ।

मधेश प्रदेश सरकार महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालय जनकपुरधामको आयोजनामा मधेश प्रदेश सरकार महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंहले ग्यास चुल्हा सेट वितरण गर्नुभएको छ । गुइठा विस्थापन कार्यक्रम अन्तर्गत विपन्न नागरिकहरुलाई लक्षित गरी ग्यास चुल्हा सेट वितरण गरिएको महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री सिंहले बताउनुभयो ।

मन्त्री सिंहले कार्यक्रमलाई सम्बोधन गर्नु हुदै महिलाहरुलाई घरायसी चुल्हो बाट खाना पकाउन निकै नै समस्या हुने गरेको बताउनुभयो । उहाले महिलाहरुलाई खाना पकाउने समयमा धुवा बाट प्रतिकुल असर पर्ने भएको हुदा भवानीपुर वासीहरुलाई गुइठा विस्थापन कार्यक्रम अन्तर्गत शनिवार ग्यास चुल्हा सेट वितरण गरिएको मन्त्री सिंहले बताउनुभयो ।

मन्त्री सिंहले महिला तथा बेरोजगार अन्य व्यक्तिहरुको लागि आफुले मैनवती, अगरवती लगायत विभिन्न किसिमको सिप मुलक तालिम ल्याइ निःशुल्क रुपमा सिकाइ दक्ष बनाएर रोजगारी सिर्जना गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । आफुले क्रमश अन्य पालिका तथा वडाहरुमा ग्यास चुल्हा सेट वितरण गर्ने बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.