१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सासापुर स्वास्थ्य चौकीले प्रविधियुक्त टिकट काटने – Nigrani Today
ताजा खबरमधेश प्रदेश

सासापुर स्वास्थ्य चौकीले प्रविधियुक्त टिकट काटने

प्रेमनाथ पौडेल
सर्लाही,२० भदौ । सर्लाहीको हरिवन नगरपालिका वडा नं. ४ सासापुरमा रहेको स्वास्थ्यचौकी प्रविधि युक्त टिकट काटने भएको छ ।जिल्लाको उत्तरी क्षेत्रमा रहेको सबै भन्दा जेठो तथा पुरानो स्वास्थ्य संस्था सासापुरले आफ्नो ओपिडी तथा इमरजेन्सी टिकट कम्प्युटर बाट काटने भएको छ ।कम्प्युटर बाट टिकट काटने भएपछि सम्पूर्ण अभिलेख सुरक्षित राख्न मदत पुग्ने स्वास्थ्य चौकीले जनाएको छ ।

सासापुर स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नमर ४ का वडा अध्यक्ष केशब राज थापाको अध्यक्षता एवम नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख बुढाथोकीले सामुदायिक सरकारी स्वास्थ्य संस्था बाट स्थानियहरुलाई सम्पूर्ण सेवाहरु लिन आग्रह गरेका छन ।,

जब सम्म हामिले सामुदायिक स्वास्थ्य संस्था बाट सेवा सुबिधा लिदैनौ तब सम्म समाज नगर समाजवाद तर्फ उन्मुख हुन नसक्ने धारणा राख्दै सम्पुर्ण नगरबासी लाई निर्धक्क साथ सेवा लिन नगर प्रमुख बुढाथोकीले आग्रह गरे ।त्यस्तै स्वास्थ्यकर्मीले पनि आफ्नो पदिय जिम्बेवारि मर्यादित रुपमा पालना गर्नु पर्नेमा जोड दिए ।सेवा दिने र स्वास्थ्यसंस्थाको लागि आबश्यक पर्ने सहयोगको लागि नगरपालिका बाट कुनै कमि हुन नदिने धारणा राख्दै निकट समयमै भिडियो एक्सरे सेवा समेत संचालनको लागि सामाग्री आई सकेको बताए ।

साथै स्वास्थ्य ,शिक्षा ,सुरक्षा ,प्रसासनिक काममा उत्कृष्ट काम गर्ने लाई हरिवन रत्न पुरसकार बाट सम्मान गर्नको लागि बजेटमा समेत ब्यबस्था गरि सकिएको बताउदै निर्थक्क साथ आफ्नो जिम्बेवारीका साथ स्वास्थ्यको क्षेत्रमा काम गर्न सबै स्वास्थ्यजर्मी लाई निर्देशन दिएका छन ।

२०२८सालमा स्थापना भएको स्वास्थ्यसंस्थामा तत्कालिन समयमा तीन जना स्वास्थ्यकर्मी बाट सेवा सुरु गरेको स्वास्थ्य संस्था मा हाल १मेडिकल अधिकृत ,२सि अहेब ,३अममी १रेडियो ग्राफी ,१ल्याब टेक्निसियन र तीन कार्यालय सहयोगी सहित १५जनाले सेवा दिई रहेको स्वास्थ्य चौकी प्रमुख मोहन घिसिङ्गले बताए ।हाल स्वास्थ्य संस्थाले ओपिटी सेवा ,डिजिटल एक्सरे सेवा प्याथोलोजी सेवा २४घण्टा सुरक्षित मातृत्व सेवा किशोरी शिक्षा कार्यक्रम लगायतको सेवा उपलब्ध गराउदै आएको बताईएको छ ।उदघाटन कार्यक्रममा उप प्रमुख हरिमाया घलान, प्रमुख प्रसासकीय अधिकृत सुरेन्द्र प्रधान लगायतले स्वास्थ्य सेवा र सासापुर स्वास्थ्य चौकीका बारेमा आआफ्नो धारणा राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.