१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नेपाली कांग्रेस जिल्ला कार्य समितिले जनप्रतिनिधि तथा पत्रकारहरुलाई गरे सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

नेपाली कांग्रेस जिल्ला कार्य समितिले जनप्रतिनिधि तथा पत्रकारहरुलाई गरे सम्मान

सर्लाही,२० भदौ । नेपाली कांग्रेस जिल्ला कार्य समितिले जनप्रतिनिधिहरु तथा पत्रकारहरुलाई सम्मान गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले सोमवार सर्लाहीका १२ पालिकाका जनप्रतिनिधिहरु तथा नेपाल पत्रकार महासंघ सर्लाही जिल्ला कार्य समिति, केन्द्रिय परिषद तथा प्रदेश परिषदलाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरेको नेपाली कांग्रेसका जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।

सम्मानित हुने जनप्रतिनिधिहरुमा ब्रह्मपुरी गाउँपालिका अध्यक्ष रामपदार्थ साह,हरिपुर्वा नगरपालिका नगर प्रमुख बिनोद साह, ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्य, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह लगायत विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, हरिपुर नगरपालिका लगायत १२ पालिकाका जनप्रतिनिधिहरु रहेको छ । यसैगरी नेपाल पत्रकार महासंघ सर्लाही शाखका अध्यक्ष टंक बहादुर क्षेत्री, केन्द्रिय परिषद सदस्य कृष्ण कुमार एस्माली लगायत महासंघका अन्य पदाधीकारीहरु पनि रहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीले जनाएको छ ।

कार्यक्रमका अधिकांश वक्ताहरुले पार्टी भित्रको गुटउप गुट तथा स्थानिय तहको निर्वाचनमा भएको अन्तरघातको विषयमा मन्तव्य राखेका थिए ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि दिनेश यादव, नेताहरुमा मधेश प्रदेश सरकार महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र सिंह, पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ, पुर्व केन्द्रिय सदस्य जंगिलाल राय, पुर्व सर्लाही जिल्ला सभापती नागेन्द्र कुमार राय, उपसभापती डा. सरोज कुमार राय, सचिव निरज कार्की, मनोज यादव, प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति, क्षेत्र नं २ का सभापती कौशल राय लगायत जिल्ला भरीकै नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.