१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
महाकाली -मेची युवा जागरण अभियान,लमहीमा – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

महाकाली -मेची युवा जागरण अभियान,लमहीमा

दाङ,१९ भदौ ।युवा संघ नेपालद्वारा आयोजित महाकाली -मेची युवा जागरण अभियान आज दाङको लमहीमा पुगेर कार्यक्रम गरेको छ ।

अभियानको सन्दर्भमा आइतबार बिहान १० बजे करिब ५०० जनाको उपस्थितिमा कोण सभा गर्नुका साथै सांस्कृतिक कार्यक्रम नृत्य समेत प्रस्तुत गरिएको थियो । अभियानमा केन्द्रीय अभियान टोलीका सदस्यहरू बिना विश्वकर्मा , सुवर्ण दुलालले पार्टी र युवा संघका गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

अभियान लमहीको कार्यक्रम सकेर भालुबाङ हुँदै चनौटा जाने युवा संघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख सन्जिप राईले बताउनु भयो ।

कार्यक्रममा वक्ताहरूको रुपमा युवा संघका स्थाई कमिटी सदस्य हरिस गिरि, कोषाध्यक्ष दीपक दुवाडी , नेकपा ( एकीकृत समाजवादी ) दाङका नेताहरू जिल्ला अध्यक्ष चुडामणि , मिना गुरुङ, पार्टी केन्द्रीय सचिव भागवत विश्वासीले सम्बोधन गर्नुभएको थियो ।

‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको छ । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।

‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट सुरु गरिएको युवा जागरण अभियान मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.