२४ बैशाख २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा स्रोत नखुलेको १५ लाख रुपैयाँसहित दुई जना पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा स्रोत नखुलेको १५ लाख रुपैयाँसहित दुई जना पक्राउ

सर्लाही,२६ भदौ । सर्लाहीबाट स्रोत नखुलेको १५ लाखभन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका ६ घर भई हाल काठमाडाँ चन्दागिरी नगरपालिका– १२ मा बस्ने ३५ वर्षीय जनकराज हमाल र धादिङको गल्छी गाउँपालिका ५ घर भई काठमाण्डौ १४ मा बस्ने २५ वर्षीय सुमन खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सशस्त्र प्रहरी बल र भारतबाट खटेको एसएसबी सहितको टोलीले मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सिमाना एरियामा आवत जावत गर्ने सवारी साधन तथा मानिसहरुलाई रोकी चेकजाँच गर्ने क्रममा दुबैजनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए।नेपालबाट भारत तर्फ बा ९८ प ७१५८ नम्बरको मोटरसाईकलमा दुबैजना सवार भइ गइरहेकोमा उनीहरुको शरीर तथा झोला तलासी गर्दा श्रोत खुल्न नसकेको झोलाबाट १५ लाख नेपाली रुपैयाँ र ,साथबाट १६ हजार बरामद भएको प्रवक्ता यादवले बताए।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.