१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
करोडौंको लागतमा चन्द्रनगरमा बन्ने भयो कालोपत्रे सडक – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

करोडौंको लागतमा चन्द्रनगरमा बन्ने भयो कालोपत्रे सडक

सर्लाही,२६ भदौ। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा करोडौको लागतमा कालोपत्रे सडक निर्माण हुने भएको छ । सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रमोद साहले आइतवार एक पक्की सडकको शिलान्यास गर्नुभएको छ ।जनता समाजवादी पार्टीका नेता समेत रहनुभएका सांसद साहले निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने चन्द्रनगर गाउँपालिकाको वडा नम्बर २ विर्ता बजार देखि वडा नम्बर २ बबरगंज जोड्ने कालोपत्रे सडकको शिलान्यास गर्नुभएको हो ।

उहाँले कालोपत्रे सडकसगै त्यहाँ बन्ने नालाको समेत शिलान्यास गर्नुभएको जनता समाजवादी पार्टीका क्षेत्रीय सह–सचिव सुनिल कुमार साह(भान्जा)ले जानकारी दिनुभयो ।आगामी मंसीर ४ गते हुने संघ र प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ का लागि गठबन्धनको तर्फबाट सम्भावित उमेदवारसमेत रहनुभएका साहले सो सडक निर्माणका लागि रु ४ करोड ८२ लाख ८२ हजार विनियोजन भएकोमा रु ३ करोड ६६ लाख १८ हजारमा सम्झौता बताउनुभयो ।

शिलान्यास कार्यक्रम चन्द्रनगर २ का वडाअध्यक्ष शम्भु प्रसाद साहको अध्यक्षता तथा सांसद साहको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रदेश सांसद निरा कुमारी साह, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, सडक डिभिजन प्रमुख दरोगा साह विशिष्ट अतिथी रहनुभएको थियो ।

त्यस्तै चन्द्रनगर गाउपालिकाकी उपाध्यक्ष गिता देवी महतो, समाजसेवी चेतनारायण महतो, जसपाका नेता सुधिर कुमार यादव, केन्द्रिय सदस्य भाग्यनारायण यादव, प्रदेश वरिष्ठ उपाध्यक्ष रामपृत पासवान, सदस्य केशव न्योपाने, वार्ड अध्यक्षद्वय सिताराम महतो, दिपेन्द्र चौधरी, जसपा क्षेत्रीय अध्यक्ष रामनरेश साह, नगर अध्यक्ष रामचन्द्र महतो लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको क्षेत्रीय सह–सचिव भान्जाले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.