१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
‘लेनिल पिक’मा युवा संघको तारा अंकित झण्डा – Nigrani Today
ताजा खबरसमाचारसमाजस्थानीय

‘लेनिल पिक’मा युवा संघको तारा अंकित झण्डा

काठमाडौ–नेकपा(एकीकृत समाजवादी) निकट युवा संघ नेपालको तारा अंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ । दोलखा जिरीका हिमाल आरोही लालबहादुर जिरेलले युवा संघको तारा अंकित झण्डा लेनिल पिकमा फहराएका हुन् । करिब एक महिना अघि संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई आरोहण सफलताको शुभकामनासहित झण्डा हस्तान्तरण गरेका थिए ।

सर्वोच्च शिखर सगरमाथासहित साना–ठूला थुप्रै हिमालको सफल आरोहण गरिसकेका जिरेल ‘लेनिन पिक’ चढ्न युवा संघको झण्डासहित किर्गिस्तान पुगेका थिए । उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराएका उनलाई युवा संघका अध्यक्ष नरेश शाहीले आरोहण सफलताको शुभकामनासहित नेपालको पहिचान विश्वमाझ पुर्याउन गरेको प्रयासको प्रशंसा व्यक्त गरे । एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहेका जिरेल प्रशिद्ध हिमाल आरोही हुन् ।

स्थानीय निर्वाचन–२०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहेका जिरेल यस अघि पनि २ पटक सर्वोच्च शिखर सगरमाथमा आरोहण गरि सकेका छन् । उनले मनास्लु, डवलम, पुमरी, मेरा पिक, सिंगा चुली, टेनपिक, दम्पोस पिक, लार्के पिक, अम्विगेप्चेन, आइसल्याण्डपिक, लवुजेपिक, सोलु पिक, लाङसिसरी, नयाँकाङ, एलापिक, रमुदङ, खाम्सेकु लगाएत २६ बढी हिमाल रोहण गरीसकेका छन् । उनले नेपाल बाहेक किर्गिस्थानको लेनिन पिक यस अघि पनि चढी सकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.