१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

लालबन्दी,४भदौ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ६ लेकाली चौरी स्थित रहेको लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित कार्यकारी समिति,वडा समन्वय समिति र प्रतिनिधि परिषद् सदस्यहरुको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका कार्यवाहक अध्यक्ष राधिका भण्डारीको अध्यक्षता तथा प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित कार्यकारिणी समिति अध्यक्ष देवनाथ पोखरेल, उपाध्यक्ष गंगा महतो, सचिव हरिमाया थिंग, कोषाध्यक्ष डुकुन्द्र खत्री(कपिल)लगायत कार्यकारी समिति, वडा समन्वय समिति तथ प्रतिनिधि परिषद् सदस्यहरुको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको हाे ।

लालबन्दी नगर प्रमुख बासुदेव अधिकारीले नव निर्वाचित कार्यकारिणी समिति अध्यक्ष पोखरेललाई सपथ ग्रहण गराएका थिए भने अध्यक्ष पोखरेलले कार्यकारी समिति, वडा समन्वय समिति र प्रतिनिधि परिषद् सदस्यहरुको सपथ ग्रहण गराएको लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सूचना अधिकृत ठाकुर प्रसाद बख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिमा प्रदेश सभा सदस्य लुंगेलीले सम्पूर्ण निर्वाचित पदाधिकारीलाई बधाई दिदै लालबन्दी बासीको यो ठुलो तथा गौरवको योजना रहेको बताउनुभयो ।

नव अध्यक्ष पोखरेलले नव निर्वाचित पदाधिकारी बाहेक सम्पुर्ण उपभोक्ताको साथ समर्थन भए लालबन्दी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अगाडी बढने बताउनुभयो ।
उहाँले अाफुसहितकाे टिमलाई मतदान गर्ने सम्पूर्ण मतदाता तथा खानेपानी उपभाेक्तालाई धन्यवाद व्यक्त गर्नुभयाे । साे अवसरमा निवर्तमान पादाधिकारीहरुलाई मायाकाे चिनाे प्रदान गरि साम्मान समेत गरिएकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.