१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
स्थानिय सरकारको कार्यक्रम पिछडिएको मुसहर समुदाय सम्म पुगेन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

स्थानिय सरकारको कार्यक्रम पिछडिएको मुसहर समुदाय सम्म पुगेन

हरिपुर,२८ भदौ । सर्लाहीको हरिपुर नगरपालिकामा नीतिगत पैरवीका लागि सरोकारवालासँग परामर्श तथा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा हरिपुर नगरपालीकाले बिगत ५ बर्षमा गरेको बजेट तथा योजना र खर्चको आधारमा तयार पारेको प्रतीवेदन अनुसार आर्थिक वर्ष २०७५÷०७६ देखी आर्थिक वर्ष २०७८÷०७९ सम्म मुसहर समुदायले स्थानिय सरकारले खर्च गरेको बजेटमा कुनै सहभागीता नजनाएको दलित अगुवा पचु माझीले बताए ।

हरिपुर नगरपालिकाले गरेको र्खच तथा कायक्रमको आर्थिक बर्ष २०७८÷७९ को बजेटलाइ र्हेदा तराइ मधेसमा स्थानिय सरकारको कार्यक्रम पिछडिएको मुसहर समुदाय सम्म पुगेको छैन । मुसहर समुदायमा गरिएको एक सर्भेक्षणमा ८० प्रतीसत मुसहर समुदायमा वजेट वारे जानकारिनै नरहेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनु भयो ।

अझैपनि अधिकांस मुसहर बालबालिकाहरु जन्म दर्ता प्रमाण पत्र नभएको कारण बिद्यालय जान बाट बन्चित रहेको बताए । तिन पुसता देखी बसोबास गरेका उनिहरको नागरकिता नहुदा विवाह दर्ता जस्ता महत्वपुण घटना दर्ता नहुदा सरकारी सेवा सुबिधा बाट बन्चित हुनुपरेको कार्कीले बताए ।

कार्यक्रममा मुसहर मशिला सशक्तिकरण मन्चका अध्यक्ष पल्टनीया देवी माझीले नगरप्रमुख गोपाल पंजियारलाई हरिपुरमा रहेको श्री महबीर जनता उच्च माविमा बिद्ययालयमा कन्या छात्रावास संचालनमा रहेता पनि उक्त छात्रावासमा मुसहर समुदायका छात्राहरुको लागि हाल सम्म आरक्षणको व्यवस्था नभएको हुँदा उनीहरू आफ्नो पढाइलाई निरन्तरता दिन नसकेको जानकारी गराउँदै मुसहर समुदायका ४ जना छात्राहरुको लागि उक्त कन्या छात्रावासमा पुर्णरुपमा आवासीय छात्रावासको व्यवस्था मिलाइदिन अनुरोध पत्र बुझाएका थिए ।

कार्यक्रममा मुसहर समुदायका महिलाले आफ्ना समुदायको समस्याल आय आर्जन, सशक्तिकरण र क्षमता विकास कार्यक्रममा बजेट छुट्टाउन माग गरेका थिए । प्रमुख अतिथि नगरप्रमुख पंजियारले मुसहर समुदायको उत्थानका लागि शिक्षा, जनचेतना लगायतमा जोड दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उहाले आफु आवद्ध बिद्यालयमा समेत दलित जेहेन्दार छात्राहरुलाई निशुल्क पढाउने प्रतिवद्धता व्यक्त गरे ।

नगरपालिकाले आगामी दिनमा यहाका दलित समुदायहरुलाई लक्षित गरेर कार्यक्रम तथा योजना बनाउने बताए । मुसहर महिला सशक्तिकरण मन्च हरिपुरको आयोजना,साप नेपालले अन्डेफको सहयोग तथा नेपाल मुसहर संघसँग समन्वयमा संचालित कार्यक्रममा हाल सम्म गरेका प्रगतिविधिमा केन्द्रीत रही हरिपुरस्थित नेपाल रेडक्रस सोसाईटीको हलमा छलफल गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख निलमदेवी यादव, वडा अध्यक्षहरु, अन्डेफका प्रतिनिधि रुप सुनुवार, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशी, नगरपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रममा ६३ जनाको सहभागीता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.