१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मिटरब्याजी पीडितलाई सरकारले न्याय दिनुको सट्टा यातना दिएको छ : नेता महतो – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

मिटरब्याजी पीडितलाई सरकारले न्याय दिनुको सट्टा यातना दिएको छ : नेता महतो

ढल्केवर, २८ भदौ ।नेकपा एमालेका युवा नेता शंकर महतोले मिटरब्याजी साहुकारबाट पीडितहरुलाई सरकारले न्याय दिनुको सट्टा बर्बर यातना दिएको आरोप लगाएका छन् । मिटरब्याजी विरुद्ध काठमाडौंमा जारी आन्दोलनमा प्रहरीले पीडितहरुमाथि लाठीचार्ज गरेर दमन गरेको घटनाप्रति उनले आक्रोश पोखेका हुन् ।

नेता महतोले भने, ‘विगत ४२ दिनदेखि पीडितहरु राजधानीमा कष्टपूर्ण वातावरण आन्दोलित छन् । त्यो आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपथ्र्यो । उनीहरुको मागलाई सम्बोधन गरेर न्याय दिनुपथ्र्यो । तर त्यसो नगरेर उल्टै बबर्र दमन र यातना दिँदा सरकारको पक्षधरता झल्किएको छ ।’सोमबार धर्नादिन तीनथानाबाट माइतीघरका लागि निस्केका पीडिहरुलाई प्रहरीले लाठी चार्ज गरेको थियो । त्यसक्रममा झण्डै एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए ।

४५–५० जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।सरकारले झरो टार्नका लागि बनाएको कार्यदललाई कुनै अधिकारै नभएको नेता महतोले बताए । गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर पीडकसंग पीडितलाई मिलापत्र गराउन लागेको बताउँदै उनले यस्ता गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गराउन नहुने उनले बताए ।खास गरेर तराई मधेसमा गरिबी, अशिक्षा, बेरोजगारी र अपर्झट आईपर्ने समस्यालाई मौका छोपेर मिटरब्याजीहरुले आतंक मच्चाईरहेको उनको बुझाई छ ।

‘यस्तै मौकामा स्थानीय साहुकारले घरायसी तमसुक, दृष्टिबन्धक, आभूषण बन्धक, घरजग्गा रजिष्ट्रेसन गराई चौगुणा तमसुक बनाएर ऋण दिन्छन् । अनि अनुचित ब्याज असुल्छन् । धेरैले त लगानी असुलेर पनि तमसुक त्यात्दैनन् । धित्तोको जग्गा फिर्ता गर्दैनन्,’ नेता महतोले भने, ‘त्यही प्रमाणको आधारमा केही दिनपछि साहुहरुले मुद्दा हालेर जग्गा हडप्ने र पीडितलाई जेल पठाउने प्रवृति बढेको छ ।’कतिपय साहुहरुले तमसुक देखाएर पीडितमाथि अनैतिक कर्म समेत गर्ने गरेको घटनाहरु देखिएको नेता महतोले बताए ।

‘मिटरब्याजी, जालीतमसुक र ठगी बिरुद्धको आन्दोलन गाउँ, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आईपुग्दासमेत सरकार न्याय दिनुको साटो दमनमा उत्रिनु सरासर अन्याय हो । यो असह्य छ,’ नेता महतोले द पब्लिक टुडेसँग भने ।नेता महतो गत भदौं १८ गते काठमाडौंको माइतिघर मण्डला पुगेर मिटरब्याजी बिरुद्धको आन्दोलनमा एक्येबद्धता जनाएका थिए ।

उनले मिटरब्याजी विरुद्ध नयाँ कानून आवश्यक रहेको बताउँदै आएका छन् ।मिटरब्याजी विरुद्ध भदौ २७ गतेसम्म २ हजार २ सय ८९ उजुरी दर्ता भएको प्रतिवेदन मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.