१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
शंकास्पद बच्चा चोरको प्रतिकारमा परी सर्लाहीमा एक महिला घाईते – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

शंकास्पद बच्चा चोरको प्रतिकारमा परी सर्लाहीमा एक महिला घाईते

सर्लाही,२९ भदौ। सर्लाहीको खैरा बजारमा शंकास्पद बच्चा चोरहरुको आक्रमणमा परी एक महिला घाईते भएकी छन् । घाईते हुनेमा ईश्वरपुर नगरपालिका १० स्थित खैरा बजारका स्थानीय रामटहल ठाकुरका बुहारी रामप्रवेश ठाकुरकी श्रीमती अन्दाजी २२÷२३ वर्षकी ममतादेवी ठाकुर रहेकी छन् । स्थानीयका अनुसार बच्चाचोरहरुको प्रतिकार गर्ने क्रममा उनी घाईते भएकी हुन् ।
विहान करीब १० बजेको समयमा उनको १० महिने छोरालाई दलानमा राखेर उनी शौचालय गएकी थिईन् । उनी शौचालयमै भएको समयमा घर पछाडीतिरबाट आएका नकाबधारी चोरहरुले बच्चा उठाएर घर पछाडिकै धानखेत तर्फ बच्चालाई लिएर भागे । बच्चा रोएपछि हत्तार हत्तार शौचालयबाट निस्किएकी ममतादेवी अत्तालिँदै बच्चा खोस्न दौडिईन् । उनी चोरहरुबाट बच्चा खोस्न सफल भईन् तर चोरहरुले चलाएको धारिलो हतियारका कारण उनको दब्रे हातको नाडीमा चोट लाग्यो । त्यतिमात्रै हैन उनको घाँटमा समेत चोट लागेको उनले देखाईन् ।
उनले हल्लीखल्ली गर्दै कराएपछि बच्चाचोरहरु धानखेत हुँदै उखुबारी तर्फ भागे । गाउँलेहरु जम्मा भएर उखुवारी घेराहालेर खोजे तर चोर भेट्टाउन सकेनन् । र प्रहरीलाई खबर गरे । प्रहरी अबेर घटनास्थलमा आईपुग्यो र चोरहरुको खोजतलास ग¥यो तर पनि चोर फेला पार्न सकेन । त्यसपछि घटनाको विवरण संकलन गरेर प्रहरी फर्किएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता बिजय यादवका अनुसार घटना घटेको छ तर बच्चा चोर नै हो भन्न नसकिने बताए । ति महिलाको हात काटिएको कुरा सहि हो, तर चोरले नै काटेको हो भन्न नसकिने प्रहरी प्रवक्ता यादवले बताए । घटना घटे पश्चात स्थानियहरुले पुरै चौर नै घेराउ गरेको थियो, सिभिल प्रहरी लगायत सम्पूर्ण प्रहरी युनिट त्यो क्षेत्रमा खटाइए पनि कुनै व्यक्तिहरु फेला नपरेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए । ति महिलाको घरमा दुई तिन पटक समान्य तोडफोडको घटना पनि घटेको तथा घटना घटेको एक जना गाउँले पनि नहेरको प्रहरी प्रवक्ता यादवले बताए । बच्चा चोर हल्ला मात्र हो वास्तविक कुरा खोलाउन अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता  यादवले बताए ।
नागरीकमा त्रास
खैरा बजारको घटना त प्रतिनिधि मात्रै हो । केही साता यता छिमेकी देश भारतबाट जोगी, साधु र माग्नेको भेषमा नेपाल प्रवेश गरेकाहरुले बच्चा चोर्ने प्रयास गरेको धेरै घटनाहरु बाहिर आईसकेका छन् ।
यसअघि सर्लाहीकै मलंगवामा पनि बच्चा चोर्ने प्रयास भएको समाचार भाईरल भईसकेको छ । तराईका विभिन्न जिल्लामा पनि बच्चा चोरहरुको बिगबिगी भएको सामाजिक सञ्जालहरुमा भाईरल भईरहेका छन् ।
यसरी बच्चा चोरहरुको बिगबिगी भएपछि नागरीकहरुमा त्रास फैलिएको छ । आफ्नो बच्चा कतिबेला कस्ले लगिदिने हो भन्ने चिन्ता अभिभावकहरुमा बढेको देखिन्छ । बच्चा चोरहरुकै विगविगि फैलिएपछि जिल्लाका केही विद्यालयहरुले सूचना नै निकालेर आफ्नो बच्चाको ख्याल गर्न भनि सकेका छन् । अभिभावकहरुले पनि बच्चालाई स्कुल पठाउन डराई रहेका छन् ।
केही दिनदेखि बच्चा चोरहरुको विगविगी भएकोले आफूले बच्चा स्कुल पठाउन छोडेको एक स्थानीयले बताएका छन् । ती स्थानीयका अनुसार विभिन्न भेषमा भारतबाट आएका बच्चा चोरहरुले बच्चा लिएर जाने र उनीहरुको आँखा, मृगौला जस्ता महत्वपूर्ण अंग निकालेर विक्री गर्ने उदेश्यले नेपालका तराईभागमा छिरेर बच्चा चोरी गर्ने प्रयास गरिरहेका छन् ।
उनीहरुले यसको नियन्त्रण गरी नागरीकलाई त्रासबाट मुक्त गर्न प्रहरी प्रशासनसँग माग समेत गरेका छन् ।
प्रहरी प्रशासन भन्छ यो सब अफवाहा हो
तर प्रहरीले भने बच्चा चोर्ने विषय हल्ला र अफवाहा मात्रै भएको बताएको छ । गृह मन्त्रालयले केही दिन अघि एक सूचना निकालेर बच्चा चोर सम्बन्धी केही दिन यता अफवाहा फैलाईएकोले अवफवाहाको पछि नलाग्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि केही दिन अघि एक सूचना जारी गर्दै बच्चा चोर सम्बन्धी फैलाईएको हल्ला अफवाहा मात्रै भएकोले अफवाहाको पछि नलाग्न अनुरोध गरेको छ ।
तर तराईका गाउँगाउँमा दिनहू जसो बच्चा चोर्ने प्रयास भएका घटनाहरु आईरहेका छन् । प्रहरी प्रशासनले अझै पनि यो अफवाहा नै भनिरहेको छ । अफवाहा नै हो भने हो चै के हो त ?
नागरीकको सुरक्षाको जिम्मा पाएको प्रहरीले वास्तविकता बाहिर ल्याउनु पर्ने देखिन्छ । नागरीकलाई त्रासमुक्त गराउने कार्यमा प्रहरी प्रशासन गम्भीरतापूर्वक लाग्नुपर्ने स्थानीयले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.