१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नन्देश्वरको खुद नाफा ३६ लाख भन्दा बढी – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नन्देश्वरको खुद नाफा ३६ लाख भन्दा बढी

प्रेमनाथ पौडेल
सर्लाही,८ असोज । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ नवलपुरमा रहेको नन्देश्वर महिला बचत तथा ऋृण सहकारी संस्थाले ३६ लाख भन्दा बढी मुनाफा आर्जन गरेको छ ।शानिवार नन्देश्वर माहेदेव मन्दिर परिसर नवलपुरको प्राङ्गणमा भएको २०औ बार्षिक साधरण सभाको अवसरमा संस्थाकी सचिव शान्ता बुढाथोकीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७८÷०७९मा संस्थाले १० करो ८६ लाख १४ हजार ७ सय २१ रुपैयाको कारोबार गरि ३६ लाख ५६ हजार ७ सय ७ रुपैया खुद मुनाफा गरेको जानकारी दिनु भयो ।

यसै बिच संस्थाले संस्थामा आबद्ध रही संस्थाको विभिन्न क्रियाकलापमा सकृय भुमिका निर्बाह गर्ने २ जना जेष्ठ सदय ,दुई जना असल ऋृणि ,दुई जना उत्कृष्ट बचतकर्ता र दुई जना सबै भन्दा बढी शेयर रकम राख्ने शेयर सदस्य यस्तै एसईईमा उत्कृष्ट अंकल्याउने शेयर सदायका दुई बालबालिका लाई समेतलाई खादा र नगद सहित सम्मान गरेको संस्थाकी प्रबन्धक कबिता कार्कीले बताउनु भयो ।

सस्थाकी अध्यक्ष ओम कुमारी गौतमको अध्यक्षता एवम लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेब अधिकारी को प्रमुख आतिथ्यतामा भएको साधरण सभामा सभाकाबक्ताहरुले संस्थाको दिगोपना शेयर सदस्यको जीवन स्तरमाथी उकास्नको लागि बचत तथा ऋृण कारोबार मात्रै नगरी लगुउधम ब्यबसाय तर्फ आकर्षित गर्दै ब्यबसाय गर्न सक्षम र सबल बनाउन सक्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै उत्पादनमा बृद्धी र निकाशीमा जोड ,ऋृणको सहि सदुपयोगको विकाश गर्नु पर्ने भनाई थियो ।सभामा नगरउप प्रमुख कल्पना पाख्रीन जिल्ला बचत तथा ऋृण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरे वडा न १ का वडा अध्यक्ष हरिहर भट्टराई २ का किरण कुमार पासवान ,सर्पदश उपचार केन्द्रका अध्यक्ष उद्धव पौडेल ,मौरी पालक सहकारीका अध्यक्ष उषा थपलिया संस्थाकी पुर्व अध्यक्ष गंगामाया खडका लगायतले सहकारीको मूल्य मान्य्ता लगायतको बारेमा आआफ्नो धारणा राख्नु भएको संस्थाकी ब्यबस्थापक कबिता कार्कीले बताउनु भयो ।

यसै बिच सस्था लाई हालको अबस्था सम्म ल्याई पुर्याउन बिशेष योगदान पुर्याएको भन्दै संस्थाका पदाधिकारीका साथै कर्मचारीलाई समेत दोसल्ला बाट सम्मान गरिएको स्स्थाले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.