२५ बैशाख २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगिता हुने – Nigrani Today
खेलकुदताजा खबरसमाचारसमाजस्थानीय

ईश्वरपुरको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगिता हुने

सर्लाही,९असोज ।सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगिता २०७९ हुने भएको छ । शनिवार वडा नं १२ कालिन्जोरमा कालिन्जोर युवा समुहको आयोजना तथा सुवास खडको अध्यक्षतामा गरिएको कार्यक्रमा प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगि असोज १३ गते देखि सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको छ ।

वडा नं १२ वडा कार्यलयको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा मधेश प्रदेशका आठ वटै जिल्लाका क्लब तथा खेलाडीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ । ९ वटा टिमले सहभागिता रहेको प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगिता १५ गते समापन हुने आयोजकले जनाएको छ ।

प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगितामा पहिलो हुने टिमलाई नगद रु १ लाख ५० हजार, शिल्ड,मेडेल प्रमाण पत्र , द्वितीय हुने टिमलाई नगद रु ७५ हजार शिल्ड,मेडेल प्रमाण पत्र र तृतीय हुने टिमलाई नगद रु २५ हजार शिल्ड,मेडेल प्रमाण पत्र प्रदान गरिने छ ।

प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगिताको खेल अवधीभर राष्ट्रिय स्तरक खेलाडीहरुलाई उपस्थित गराई भलिबल खेलाडीहरुको मनोबल बढाउने, विविध सांस्कृतिक कार्यक्रम,भेषभुषा प्रदर्शन,फुड फेस्टिबल तथा पर्यटकीय गन्तव्य स्थलको प्रचार प्रसार गरिने आयोजक कालिन्जोर युवा समुहले जनाएको छ ।

यसैगरी कार्यक्रमको प्रमुख अतिथि ईश्वरपुर नगर प्रमुख मनोज कुमार आचार्यले प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगिताको प्रथम, दित्तीय र तृतीय हुने बिजेता टिमलाई दिइने पुरुषकार रकम आफुले व्यहोर्ने घोषणा गर्नुभएको छ । उहाले खेलाडीको मनोबल बढाउन आफुले सम्पूर्ण खेलाडीहरुको ड्रेस, भलिबल लगायतको सामग्री पनि नगरपालिका बाट उपलब्ध गराउने घोषणा गर्नुभयो ।

१२ नं वडालाई बुद्ध भनेर आफु चिनेको बताउनुभयो । उहाले आफु खेलप्रेमी भएको हुदा खेल क्षेत्रको लागि आफु हर सम्भव प्रयास गर्ने बताए । नगर प्रमुख आचार्यले हामी एउटै क्षेत्रमा भुगोलमा अलझिनु छैन मधेश प्रदेश स्तरीय मात्र किन हामीले ७ वटै प्रदेशलाई समेटने गरि प्रतियोगिता गर्नुपर्नेमा जोड दिनुभयो । अब खेलाडीहरु सँग नगरपालिका र मनोज आचार्य दुईवटा शक्ती रहेको हुदा ढुक भएर खेलाडीहरुलाई खेल क्षेत्रमा लाग्न आग्रह गर्नुभयो ।उहाले अब कुलतमा लागेका युवाहरूलाई कुलत छुटाई खेल तिर आकर्षण गराउने समय समेत आएको बताउनु भयो । उहाले प्रथम मधेश प्रदेश पुरुष भलिवल प्रतियोगिता आयोजक अब देखि आउने वर्षमा नगरपालिका नै बन्ने घोषणा समेत गर्नुभयो ।

उद्घाटन कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष दिलबहादुर खत्री,आयोजक क्लबका आर्थिक समिति सदस्य भिमबहादुर, वडा सदस्य दिनेश बुढाथोकी,सर्लाही भलिबल संघका अध्यक्ष रामाशंकर चौधरी,भलिबलका राष्ट्रिय खेलाडी रामकृष्ण चौधरी,खेलप्रेमी दिपक आचार्य लगायत खेलाडी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.