१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दी नगर वाङ्मय परिषद्का सदस्य सचिव घिमिरे सम्मानित – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजसाहित्यसाहित्य कलास्थानीय

लालबन्दी नगर वाङ्मय परिषद्का सदस्य सचिव घिमिरे सम्मानित

भरतपुर, १० असोज । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीका सदस्य सचिव एवम् कवि तथा समालोचक सुमन घिमिरे अग्रिम सम्मानित भएका छन् ।

हाम्रो मझेरी साहित्य प्रतिष्ठान गजलगृह, भरतपुर,चितवनले २३ औँ वार्षिकोत्सवको अवसर पारेर अग्रिमलाई सम्मान गरेको हो। नेपाल संस्कृत विश्वविद्यालयका रजिस्ट्रार तथा वरिष्ठ कवि प्रा.डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ’हाम्रो मझेरी साहित्य प्रतिभा सम्मान–२०७९’ बाट अग्रिम सम्मानित भएका हुन्।
साहित्यकार जीविका ’अश्रु’, सुशीला पौडेल, केशव आचार्य, ह्याग्रिव आचार्य, रामकुमार पाण्डे, विवश बलिभद्र कोइरालालगायत उल्लेख्य साहित्यकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा ’गजल ए महफिल’ र हाम्रो मझेरी प्रतिष्ठानको नियमित पत्रिका ’हाम्रो मझेरी’ पत्रिकाको विमोचनसमेत भएको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले बताएका छन्। कार्यक्रमको सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलिले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.