१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लामो दुरीका १५० सवारीका चालकको स्वास्थ्य परिक्षण शिविर बागमतीमा सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लामो दुरीका १५० सवारीका चालकको स्वास्थ्य परिक्षण शिविर बागमतीमा सम्पन्न

बागमती,९ असोज । पूर्व–पश्चिम राजमार्गमा चल्ने लामो दुरीका यात्रु तथा मालवाहक सवारीका चालकहरुको स्वास्थ्य जाँच शिविर सर्लाहीको कर्मैयामा सम्पन्न भएको छ ।

रात्री वस व्यवासयी यातायात प्रालि मधेश प्रदेशको संयोजन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा पूर्व–पश्चिम राजमार्गमा गुड्ने १५० लामो दुरीका यात्रु तथा मालबाहक सवारीका चालकहरुको स्वास्थ्य जाँच गरिएको हो ।

दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले सवारी चालक र परिचालकको आँखा र ब्लड प्रेसर, सुगर लगायतका रोगको जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार चालकहरुको आँखाको जाँच आँखा रोग विशेषज्ञ रमेश प्रसाद भट्टराईले गर्नुभएको थियो भने सुगर, प्रेसर लगायत अन्य रोगको जाँच जनरल फिजिसियन हर्ष नारायण झाले गर्नुभएको थियो ।

स्वास्थ्य परिक्षण शिविरको संयोजन गरेको रात्री वस व्यवसायी यातायात प्रालि मधेश प्रदेशका संयोजक दिपक श्रेष्ठले चाडवाडको समयमा बढी सवारी दुर्घटनाको जोखिम हुने र त्यस्ता जोखिम चालकको स्वास्थ अवस्था ठिक नभएको अवस्थामा अझ बढी हुने भएकोले चालकको स्वास्थ्य जाँच शिविर नै सञ्चालन गरेको बताउनुभयो ।

पछिल्लो समय ट्राफिक प्रहरीले राजमार्गका विभिन्न स्थानमा सवारी चेकजाँच कार्यलाई तिब्रता दिएको छ । ट्राफिक प्रहरीले सवारीको चेकजाँच मात्र नभई दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनका लागि सचेतनाका अन्य कार्यक्रम समेत सञ्चालन गर्दै आईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहायक निरीक्षक ठाकुर प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.